सांसदको दशैं भत्ता खारेज

काठ्माडौ । चौतर्फी आलोचना र सरोकारवालाको खबरदारीपछि संघीय संसद् सचिवालयले यसपटक देखि सांसदलाई दशैं भत्ता बाँड्ने प्रचलन अन्त्य गरेको छ । संसद् सचिवालयले मंगलवार दशैं भत्ताविनै असोज महिनाको तलब सांसदको खातामा पठाएको छ ।

संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्त सिग्देलले यसपटक सांसदलाई दशैं भत्ता नपठाइएको लोकान्तरलाई जानकारी दिए । ‘माननीय सदस्य र पीएको असोज महिनाको तलब आज खातामा पठाएका छौं, तर दशैं भत्ता राखिएको छैन,’ सिग्देलले भने । मन्त्रिपरिषद्बाट निर्णय पनि नभएको र अर्थ मन्त्रालयबाट बजेट पनि नआएकाले असोज महिनाको तलब मात्र सांसदको खातामा पठाएको उनले जानकारी दिए ।

संसद् सचिवालयले असोज महिनाको तलबबापत सांसदलाई समग्रमा २ करोड ९८ लाख ४६ हजार र सांसदका पीएलाई १ करोड ४३ लाख ७४ हजार निकासा गरेको छ । बैठक भत्ता र यातायात खर्चबाहेक सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँछन् । लोकान्तरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार