यी ४ जनालाई मन्त्री बनाउने माओवादी बैठकको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारमा पठाउने ४ जनाको नाम टुंगो लगाएको छ ।

बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवलाई मन्त्री बनाउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पौडेल, श्रेष्ठ र गहतराज क्याबिनेट मन्त्री हुनेछन् भने यादवलाई राज्यमन्त्री बनाइने भएको छ ।

सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि बुधवार स्थायी कमिटी बैठकबाट माओवादीले मन्त्रीको टुंगो लगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार