भोजपुरमा एमालेको एक नगरसहित ६ ओटा गाउँपालिकामा सर्वसम्मत नेतृत्व, दुई पालिकामा बाँकी

भोजपुर । नेकपा एमालेको सात ओटा स्थानीय तहको नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । मंगलबारसम्म एमालेले एक नगरपालिका सहित ६ ओटा गाउँपालिकाको अधिवेशन सम्पन्न गरेको हो । एमालेले भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका र साल्पासिलिछो गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
भोजपुर नगरपालिकामा अध्यक्ष दुर्गा योञ्जन, उपाध्यक्ष माय देवी राई, सचिव, बिमल रणपंहेली, उपसचिवहरुमा आशादेवी राई र सुमन प्रधान निर्वाचित भएका छन् । साल्पासिलिछो गाउँपालिका अध्यक्षमा मान बहादुर खत्री, उपाध्यक्ष ध्यान बहादुर खत्री सचिव श्रीकृष्ण अधिकारी, उपसचिवहरुमा रिता घले र गुणराज राई निर्वाचित भएका छन् ।
हतुवगाढी गाउँपालिकाकाको अध्यक्षमा विचारी थापा चयन भएका छन् । त्यसैगरी उपाध्यक्ष अर्थ बहादुर राई, सचिव लालबहादुर प्रधान, उपसचिवहरुमा तीर्थाकुमारी र सञ्जाल राईसहित ७५ सदस्यीय कमिटि गठन गरिएको छ । त्यस्तै, टेम्केमैयुङ गाउँपालिका अध्यक्षमा सुनिल राई,उपाध्यक्ष आशादेवी राई, सचिव गणेश राई, उपसचिवहरुमा लालप्रसाद लुईटेल र सावित्रा फुयालसहित निर्वाचित भएका छन् ।


त्यस्तै पौवादुङमा गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र राई, उपाध्यक्ष पवित्रा भुजेल, सचिव देउमान राई र उपसचिवहरुमा मञ्जु श्रेष्ठ र अविराम बस्नेतसहित ७५ सदस्यीय कमिटि गठन भएको एमालले जनाएको छ । त्यस्तै रामप्रसादराई गाउँपालिकाका अध्यक्षमा चित्र विक, उपाध्यक्ष फाेैदासिँ कार्की, सचिव रामचन्द्र राई, उपसचिवहरु, बाँचकुमार राई र चन्द्र तामाङ चयन भएका छन् ।
त्यस्तै, अरुण गाउँपालिकाकाको अध्यक्षमा नारायण घिमिरे, उपाध्यक्ष, इश्वर भण्डारी सचिव सुवास मगर, उपसचिव राजन श्रेष्ठ र मनिसा तामाङसहित कमिटि गठन भएको छ । आमचोक गाउँपालिका र षडानन्द नगरपालिकाको भने अधिवेशन बाँकी रहेको एमाले जिल्ला पार्टी सचिव मक्कर खड्काले जानकारी दिए । यी दुई स्थानीय तहको पनि अधिवेशन तयारी भइरहेको सचिव खड्काले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार