सम्पुर्ण क्षेत्रिय प्रतिनिधीहरुलाई धन्यबाद दिदै राईले गरे नागरिकहरुको सेवामा सदैव खटिरहने प्रतिबद्धता

भोजपुर । नोपाली कांग्रेसको १४ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा जिल्ला कार्य समितिको उप सभापतिमा उमेद्वारी दिएका राजेन्द्र राई निर्वाचनमा पराजय भए पनि आफुलाई क्षेत्रिय प्रतिनिधीहरुले अमुल्य मत दिएको भन्दै प्रतिनिधीहरुलाई प्रेस विज्ञाप्ती मार्फत धन्यबाद दिएका छन् ।
नेपाली कांग्रेसको १४ औँ जिल्ला अधिवेशन सम्पन्न गराउनका निमित्त भोजपुरका नौ वटै पालिका तथा ८१ वटै वडाबाट पाल्नु भएका क्षेत्रिय प्रतिनिधी ज्यूहरुले मैले दिएको उमेद्वारी नेपाली कांग्रेस जिल्ला कार्य समितिको उप सभापति पदमा मलाई अमुल्य मतदान गर्नु भएकोमा सम्पुर्ण क्षेत्रिय प्रतिनिधी ज्यू हरुमा हार्दिक कृतज्ञता प्रकट गर्दछु । विज्ञाप्तीमा भनेका छन् ।

लोकत्रान्त्रीत वद्धतीमा विजय र पराजय स्वाभाभिक भएकाले पराजय भए पनि विचलीत नभई भोजपुरको राजनीतिमा सदैव क्रियाशिल भई नागरिकहरुको सेवामा सदैव खटिरहने प्रतिवद्धता समेत जाहेर विज्ञाप्ती मार्फत राईले गरेका छन् । सून्य समयमा भएको राजनीति धुव्रीकरणका कारण राईले स्वातन्त्र रुपमा उमेद्वारी दिदै निर्वाचनमा होमीएका थिए । राई १८ मतले पराजय भएका हुन् ।

राजेन्द्र राईले १४ औ जिल्ला अधिवेशनबाट निर्वाचित पधादिकारीहरुलाई बधाई ज्ञापन गर्दै कार्य सफल्ताको शुभकामना समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार