पूर्वमुख्यमन्त्री शेरधन राईद्धारा एमाले सचिवमा उम्मेदवारी घोषणा

भोजपुर । नेपाली राजनितिमा शालिन र सफल नेताको छवि बनाएका पूर्वमुख्यमन्त्री, एमाले केन्द्रीय सदस्य तथा एमाले प्रदेश १ सह इन्चार्ज शेरधन राईले एमालेको दशौँ महाधिवेशनमा सचिवमा उमेदवारी घोषणा गरेका छन् । यस अघि नेपाल सरकारको प्रवक्तासँगै सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारीको बहन गरिसकेका राई सालिन र भद्र नेताका रुपमा चिनिन्छन् ।

शेरधन राईको राजनितिक यात्रा
२०२७ साल फागुन ११ गते भोजपुरको आमचोक गाउँपालिका–३, थिदिङ्खाको पसलभन्ज्याङ्गमा जन्मिएका शेरधन राई एमालेको प्रभावशाली नेता मान्छिन् । पिता जागीरमान राई र माताः राम्रीमाया राईको पहिलो सन्तानका रुपमा जन्मिएका राईले समाजशास्त्रमा एम ए सम्मको शिक्षा हासिल गरेका छन्। मध्यम वर्गीय परिवारमा जन्मिएका राई एक ईमान्दार सालिन व्यक्तित्व मान्छिन् । २०४४ सालमा अनेरास्ववियुमा संगठित,सदस्यता लिई राजनिती सुरु गरेका राईले २०४९ सालमा अनेरास्ववियु भोजपुर जिल्ला अध्यक्ष बनेका थिए । २०५३ सालमा अनेरास्ववियुको केन्द्रीय यसदस्य र पूर्वाञ्चल प्रमुख, हुदै २०४९ मा नेकपा एमाले भोजपुरको जिल्ला कमिटी सदस्य बनेका थिए ।

२०५१ मा सचिवालय सदस्य, र २०५४ मा पार्टी विभाजन पश्चात चार कार्यकाल एमालेको भोजपुर जिल्ला अध्यक्ष वनेका थिए । ०७० वैशाख २७ गते एमाले बैकल्पिक केन्द्रीय सदस्यमा मनोनित भएका राई २०७१ मा एमाले केन्द्रीय सदस्यमा निर्वाचित बनेका हुन् ।

२०५६ सालको आमनिर्वाचनमा भोजपुर क्षेत्र नं २ वाट निर्वाचितबाट राई नेपालकै कान्छो सांसदको निर्वाचित वनेका थिए । २०६२ /२०६३ सालको ऐतिहासिक जनआन्दोलनवाट पुर्नस्थापित प्रतिनिधी सभा व्यवस्थापिका संसदको सदस्य, समेत भएका राई २०६४ सालको संविधान सभाको निर्वाचनमा भने राईले भोजपुर क्षेत्र नं २ बाट पराजित भएका थिए । त्यसपछि २०७० मंसीर ४ मा सम्पन्न दोश्रो संविधान सभाको निर्वाचनमा भने भोजपुर क्षेत्र नं २ वाट विजयी वनेका थिए ।

२०७१ सालमा संसदको सुशासन तथा अनुगमन समितिको सभापति समेत भएका राई २०७२ कात्तिक १९ गते सूचना तथा सञ्चार प्रविधिमन्त्री एंव सरकारको प्रवक्ता भएका थिए । २०७४ साल मंसिर १० गते भएको प्रदेशसभा निर्वाचनमा प्रदेशसभामा भोजपुर ख बाट २० हजार ३३४ मत प्राप्त गरी निर्वाचित भएका राई २०७४ माघ २६ गते प्रदेश नं १ नेकपा एमाले संसदीय दलको नेतामा निर्वाचित भएसंगै मुख्यमन्त्री बनेका थिए ।

प्रदेश नम्वर एकको पहिलो मुख्यमन्त्री बनेको राईले भोजपुरसँगै प्रदेश १ को विकास लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

२०५४ सालमा एमाले विभाजन भयो । पार्टी विभाजन भएपछि भोजपुरका अधिकांश नेता मालेमा लागेका थिए । उनी भने जिल्लामा पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगे । त्यसपछि उनी जिल्लामा एमालेको शक्तिशाली नेता बने ।

विभिन्न समयहरुमा पार्टी राजनीतिमा गुटफुटको राजनीतिलाई परास्त गर्दै पार्टीको राजनीतिक जीवनमा निरन्तरता र निष्ठालाई महत्वपूर्ण ठानेर पार्टीको मुलधारमा क्रियाशिल भएर लागेका राई राजनितिमा सफल नेता मानिन्छन् ।

द्धन्द्धको समयमा जिल्लामा रहेर पार्टीको बाग्डोर सम्हाले राई शाही कदमपछिको राजनीतिक आन्दोलनमा दलहरुको नेतृत्व लिएर काम गरेका थिए ०६२/०६३ मा भएको आन्दोलनमा लाग्दा जिल्ला सदरमुकाममा प्रहरीले बन्दुकको कुन्दाले हान्दा बेहोस भएका राईलार्ई त्यसबेला हेलिकोप्टरबाट काठमाडौ लगेर उपचार गराउनु परेको थियो ।

राजनीतिक जिम्मेवारी

२०४२ विद्यार्थी राजनीतिको सुरुवात

२०४५ भोजपुर बहुमुखी क्याम्पसमा प्रा.क.मा सदस्य

२०४५ अनेरास्वविुको जिल्ला कमिटी सदस्य

२०४६ जनआन्दोलनमा निछाक नामबाट पार्टी गतिविधि र आन्दोलनमा संलग्न

२०५० अनेरास्ववियू, जिल्ला कमिटी अध्यक्ष

२०४८/०४९ प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसचिव हुँदै का.वा.अध्यक्ष

२०४९ नेकपा एमाले जिल्ला कमिटी सदस्य भोजपुर

२०५० नेकपा एमाले सचिवालय सदस्य भोजपुर

२०५० हेटौंडा सम्मेलनबाट केन्द्रीय सदस्य र पुर्वाञ्चल प्रमुखको जिम्मेवारी

२०५२ पुनःअनेरास्ववियु केन्द्रीय सदस्य र पुर्वाञ्चल प्रमुख

२०५४ पार्टी सचिव, नेकपाएमाले भोजपुर (लगातार तीन कार्यकाल)

२०६७ अध्यक्ष, नेकपा एमाले भोजपुर

२०७० वैकल्पिक केन्द्रीय सदस्य,नेकपा एमाले

२०७१ नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य हुँदै पोलिटव्युरो सदस्य एंव प्रदेश नं १ सह– इन्चार्ज

राईले सम्हालेका संसदीय फाँट जिम्मेबारी

२०५६ भोजपुर क्षेत्र नं २ बाट प्रतिनिसधिसभा सदस्यमा निर्वाचित

०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनवाट पुर्नस्थापित प्रतिनिधी सभा व्यवस्थापिका संसदको सदस्य

२०७० भोजपुर क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित

२०७० सदस्य, संविधान मस्यौदा समिति

२०७० सभापति, सुशासन तथा अनुगमन समिति

२०७२ सूचना तथा संचार प्रविधि मन्त्री,प्रवक्ता नेपाल सरकार

२०७४ भोजपुर २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित

२०७४ माघ २६ गते नेकपा एमाले प्रदेश नं १ को एमाले संसदीय दलको नेतामा निर्वाचित

२०७४ फागुन २ गते प्रदेश नं १ को प्रथम मुख्यमन्त्रीमा नियुक्त ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार