कर्णालीका ६ जिल्लामा एमाले नेतृत्व टुंगियो, फर्जी मत भेटिएको दैलेखमा पुनः मतदान हुने

सुर्खेत । कर्णाली प्रदेशका ६ जिल्लामा नेकपा ९एमाले०को नयाँ नेतृत्व चयन भएको छ । आठौं जिल्ला अधिवेशनअन्तर्गत प्रदशेका १० जिल्लामध्ये हालसम्म सुर्खेत, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला र रुकुम पश्चिममा निर्वाचन र सहमतिमा नेतृत्व चयन भएको छ ।

अधिवेशन चलिरहेको कालीकोटमा बिहीबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदै । दैलेखमा भने फर्जी मत भेटिएपछि पुनः निर्वाचन गर्ने तयारी भइरहेको एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । अन्य दुई जिल्ला मुगुमा बुधबार र हुम्लामा माघ २३ गते अधिवेशन मिति तोकिएको छ ।

प्रदेश अध्यक्ष शाहको अनुसार सुर्खेतको अध्यक्षमा अमृत बिसी, सल्यानमा गोविन्दकुमार पुन, जाजरकोटको अध्यक्षमा खिमबहादुर शाही, डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा, जुम्लाको अध्यक्षमा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा चयन भएका छन् । यी ६ जिल्लामध्य सुर्खेत र जाजरकोटमा निर्वाचन गरिएको थियो भने अन्य चार जिल्लामा सर्वसम्मत अध्यक्ष चयन गरिएको छ ।

सुर्खेतको अध्यक्षमा अमृत विसी विजयी

नेकपा एमाले सुर्खेत जिल्ला अध्यक्षमा अमृत विसी विजयी भएका छन् । प्रतिस्पर्धी डण्डिप्रसाद शर्मालाई चुनावी प्रक्रियामा हराउँदै विसी निर्वाचित भएका हुन् ।

बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विसीले ३६८ र शर्माले २६७ मत ल्याएका निर्वाचन समितिका सदस्य गंगाराम तिमिल्सिनाले जानकारी दिए ।

उपाध्यक्षमा पनि विसी प्यानलकै कुलमणि देवकोटा निर्वाचित भएका छन् । उनले ३९४ मत ल्याउँदा शर्मा प्यानलका ऋषि गिरीले २२६ मत ल्याएका छन् ।

त्यस्तै सचिवमा कवीन्द्रकुमार केसीले ३९० मत ल्यायर विजयी हुँदा अर्का प्रतिस्पर्धी रेशम रानाले २३३ मत ल्याएका छन् । उपसचिवमा पनि विसी प्यानलकै दुवै उम्मेदवार निर्वाचित भएका छन् । उपसचिवमा घनश्याम पाण्डे ९३९१० र बलबहादुर नेपाली ९३६९० विजयी भएका हुन् ।

सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि विसी र शर्मा प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए । नेतृत्व छनोट गर्न दुवै समूहबाट लगातार चार दिन छलफल हुँदासमेत सहमति नजुटेपछि मंगलबार दिउँसोबाट मतदान सुरु गरिएको थियो ।

तीन पूर्वमाओवादीलाई लोकप्रिय मत

एमाले सुर्खेतको आठौं जिल्ला अधिबेशनमा माओवादी पृष्ठभूमिका तीन जना जिल्ला सदस्य पदमा लोकप्रिय मतसहित विजयी भएका छन् ।

२२ जना खुला सदस्यमध्ये गंगाराम तिमिल्सिना ३६४ मत, बोधविक्रम जिसी २८८ मत र शिवराज अधिकारी २८३ मतसहित विजयी भएका छन् । उनीहरु तीनै जना अध्यक्षमा निर्वाचित अमृत बिसी प्यानलका हुन् ।

फर्जी मत भेटिएको दैलेखमा पुनः मतदान हुने

अध्यक्षका उम्मेदवार सूर्यबहादुर शाही र रवीन्द्रराज शर्मा ।
एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि पुनः मतदान गरिने भएको छ । जम्मा मतदाताको संख्या ७२१ रहेको दैलेखमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको थियो ।

पुनः मतदानका लागि केन्द्रीय निर्वाचन आयोगले निर्देशन दिएपछि बिहीबार नै उपाध्यक्षबाहेकका पदमा मतदान प्रक्रिया सुरु हुने प्रदेश अध्यक्ष शाहले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका खड्गराज उपाध्यायले फिर्ता लिएसँगै बस्नेत निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षका लागि सूर्यबहादुर शाही र रवीन्द्र राज शर्मा प्रतिस्पर्धामा छन् । अध्यक्षका लागि सुरुमा ६ जनाले उम्मेदवारी दिए पनि प्रेमबहादुर थापा, सूर्यबहादुर शाही, धीरबहादुर शाही, सुशील थापा र कर्णबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिने सूर्यबहादुर चामुन्डा बिन्द्रासैनी नगरपालिकाका मेयर हुन् ।

यस्तै सचिवमा रुद्रबहादुर शाही र तिलकप्रसाद रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । उपसचिवमा गंगाराम दाहाल, चन्ऽप्रसाद दाहाल, जनक न्यौपाने, कविराज खत्री, प्रेमबहादुर खड्का, विष्णुबहादुर शाही, लोकेन्ऽजंग शाही, कलावती न्यौपाने र लक्ष्मीकुमारी कार्कीको उम्मेदवारी परेको छ ।

जाजरकोटमा खिमबहादुर ७ मतान्तरले विजयी

अध्यक्षमा निर्वाचित खिमबहादुर शाही ।
निवर्तमान अध्यक्ष करवीर शाहीलाई सात मतले पराजित गर्दै एमाले जाजरकोटको अध्यक्षमा खिमबहादुर शाही विजयी भएका छन् । कुल ४३३ जना प्रतिनिधि रहेको जाजरकोटमा खिमबहादुरले २१७ मत ल्याउँदा करविरले २१० मत ल्याए थिए ।

त्यस्तै उपाध्यक्षमा गोपालबहादुर बटाला विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी नवराज सिंहले १७७ मत ल्याएका छन् । सचिवमा प्रेस चौतारी नेपालका उपाध्यक्षसमेत रहेका वीरबहादुर गिरी २२५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिपस्पर्धी नरबहादुर खत्रीले १८६ मत ल्याए ।

उपसचिवमा गोपाल नेपालीले ९२५८० र नरबहादुर बस्नेत ९२४७० विजयी भएका छन् । उनका प्रतिपस्पर्धी रामबहादुर शाहीले १५४ र जयराम न्यौपानेले १०४ मत प्राप्त गरेका थिए ।

कालीकोटमा चुनाव हुँदै

अध्यक्षका उम्मेदवारहरू ।
एमाले कालीकोटको जिल्ला अध्यक्षका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । नेतृत्व छनोटको लागिसहमत जुटाउने प्रयास असफल भएपछि निर्वाचन गर्न लागीएको एमालेका केन्द्रीय सदस्य तथा कालीकोट इन्चार्ज नेशनल शाहीले जानकारी दिए ।

उनका अनुसार शुरुमा पाँच जना अध्यक्षका आकांक्षी भए पनि अहिले दुईजना प्रत्यासी देखिएका छन् । अध्यक्षमा जसीप्रसाद पाण्डे र रमेशकुमार शाही प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । बिहीबार बिहान ९ बजेदेखि मतदान हुनेछ ।

अध्यक्ष पदका उम्मेदवार पाण्डे खाँडाचक्र नगरपालिकाका मेयर हुन् । अर्को उम्मेदवार शाही वर्तमान पार्टी उपाध्यक्ष हुन् । दुवै जना जिल्लामा राम्रो छवि बनाएका नेता भएकाले पनि प्रतिस्पर्धा कडा हुने देखिएको छ ।

यस्तै उपाध्यक्ष पदका लागि ५ जना, सचिवका लागि २ जना र उपसचिवका लागि ६ जनाको उम्मेदवारी परेको इन्चार्ज शाहीले बताए । १४ जना खुल्ला सदस्यका लागि ४५ जनाको उम्मेदवारी परेको छ । यद्यपी जिल्लाका ६ वटा पालिकाले भने जिल्ला कमिटी सदस्य सर्वसम्मत गराई सकेका छन् ।

जुम्लामा शान्तिलाल महत सर्वसम्मत

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत चयन भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट महतसहितको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको एमालेका जिल्ला इञ्चार्ज रतननाथ योगीले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षमा सुरतबहादुर शाही, सचिवमा धनकृष्ण पाण्डे, उपसचिवमा प्रेम बुढा र मानबहादुर रोकाया चयन भएका छन् । अधिवेशनले पाँच पदाधिकारीसहित ७५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

अध्यक्ष बाहेकका अन्य पदमा निर्वाचन गर्ने भनिए पनि अन्तमा सहमतिबाट जिल्ला कमिटी चयन गरेको पार्टी इञ्चार्ज योगीले बताए । सर्वसम्मतिबाट नेतृत्व चयन गर्दै कार्यकर्तालाई सकारात्मक सन्देश दिएको उनको दावी छ ।

हुम्लाको अधिवेशन स्थगित

एमाले हुम्लाको नवौं जिल्ला अधिवेशन सरेको छ । पार्टीको केन्ऽीय निर्देशनानुसार जिल्ला अधिवेशन सरेको केन्द्रीय सदस्य दल रावलले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गत जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

शुक्रबारदेखि देशभर एकसाथ जिल्ला अधिवेशनहरू शुरु भए पनि मौसम प्रतिकुलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन सारिएको बताइएको छ ।

अधिवेशनका लागि हुम्लामा प्रतिनिधि छनोट भने सम्पन्न भइसकेको छ । ४४ वटा वडा रहेको हुम्लामा लिमीबाहेक पार्टी सदस्यको अनुपात संख्याको आधारमा प्रतिनिधि छनोट गरिएको हो ।

अदानचुलीबाट २२, चंखेलीबाट १४, ताजकोटबाट २१, सर्केगाड गाउँपालिकाबाट ३०, खार्पुनाथबाट १३, सिमकोटबाट १८ र नाम्खाबाट ६ जना प्रतिनिधि छनोट भएका छन् ।

अनलाईन खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार