प्रदेश १ को राष्ट्रिय सभा निर्वाचन : मैदानमा यी उम्मेदवार, कसले मार्लान् बाजी ?

विराटनगर । राष्ट्रियसभाको चुनाव प्रदेश १ मा आज बिहान ९ बजेदेखि हुने गरी काम निर्वाचनको कार्य तालिका अगाडि बढाएको छ । तिन पदका लागि भएको चुनावमा ५ पार्टीका ८ उम्मेदवार चुनावी मैदानमा छन् ।

गठबन्धनका तर्फबाट तिन दलका तिन उम्मेदवार एकला एक्लै चुनावी मैदानमा छन् । गठबन्धनको तर्फबाट गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका हेमराज थुलुङ राई उम्मेदवार छन् ।

यस्तै एमालेको तर्फबाट सोनाम गेल्जेन शेर्पा, मोरङका गुरुप्रसाद बराल र झापाकी सुमित्रा सुवेदी भण्डारी चुनावी मैदानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अमर विष्टले रञ्जु प्याकुरेल मैदानमा छन् ।

यस्ता छन् प्रदेश १ का उम्मेदवार उम्मेदवार
गुरु बराल एमाले पार्टी स्थायी कमिटी सदस्य हुन् । अखिलको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीति यात्रा सुरु गरेको बराल २०२९ सालमा साजिलाल मावि दुलारीबाट अखिल सचिव हुँदै उनले राजनीति यात्रा तय गरेका थिए ।

उनी २०५१ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं ६ बाट एमालेबाट विजयी भएका थिए । बराल राजनीतिमा एमाले अध्यक्ष केपी ओलीका समकालीन हुन् ।

उनी २०४९ सालको पाँचौँ महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटीमा छन् । नेता बराल जबजको सैद्धान्तिक तथा वैचारिक निखार भएको नेताका रूपमा चिनिन्छन् ।

एमालेबाट महिला कोटामा उम्मेदवारी दिएकी झापा दमक नगरपालिका ५ कि निवासी सुमित्रा ओलीको गृह नगर दमककी निवासी भण्डारी यसअघिको ओलीको सरकारको पालामा डेनमार्कका लागि राजदूतमा सिफारिस भएकी थिइन् ।

विद्यार्थीबाट राजनीतिमा प्रवेश गरेकी भण्डारीले २०३६ सालमा सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अखिलको सङ्गठित सदस्य भएर कम्युनिस्ट राजनीतिमा उनी होमिएकी थिइन् ।

त्यसैगरी एमालेबाट अल्पसङ्ख्यक तर्फ उम्मेदवारी दिएका सोनाम ग्याल्जेन शेर्पा सोलुखुम्बुका हुन्। प्रतिनिधि सभाको लागि समानुपातिकमा समेत उनको नाम सिफारिस भएको थियो ।

पाँच दलीय गठबन्धनका तर्फबाट खुल्ला तर्फको उम्मेदवारी दिएका झापाका गोपाल बस्नेत कांग्रेस झापाका पूर्व सचिव हुन् भने कांग्रेस विभाजित हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति बनेका थिए ।

शेरबहादुर देउवाले अघिल्लो पटक प्रधानमन्त्री भएको समयमा बस्नेतलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ जना निर्वाचनबाट चुनिएर आउने र तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था अनुसार तत्कालीन समयमा सरकारले बस्नेतको नाम राष्ट्रपतिलाई सिफारिस गरे पनि उनको नाम काटिएको थियो ।

त्यसै गरी गठबन्धन भित्रको एकीकृत समाजवादी पार्टीले महिला कोटाबाट जयन्ती राईले उम्मेदवारी दिएकी छिन् ।

भोजपुर निवासी राई एकीकृत समाजवादी पाटीको उपाध्यक्ष एव महिला फाँट इन्चार्जको जिम्मेवारीमा छिन् ।

२०३६ सालबाट विद्यार्थी आन्दोलनबाट कम्युनिस्ट राजनीतिमा होमिएकी राई एमालेको आठौँ महाधिवेशनपछि लगातार केन्द्रीय सदस्य भएकी थिइन । उनले एमाले विभाजन हुँदा नेकपा एस रोजेकी थिइन्।

अल्पसङ्ख्यक कोटामा हेमराज थुलुङ राई जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी समितिका सदस्य एव पार्टीको स्कुल तथा प्रशिक्षण विभाग प्रमुख समेत भएका छन् । पूर्व उद्योग मन्त्री समेत रहेका राई २०५५ सालमा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नेतृत्वको पालमा तत्कालीन वामदेव गौतमको नेतृत्वको मालेबाट सरकारमा सामेल भएका थिए । योसँगै उनी ०४८ र ०५१ मा प्रतिनिधि सभा सदस्य भएका थिए ।

यसै गरी प्रदेश १ मा मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीका अमर विष्ट पञ्चायत काल देखिनै राजनीतिमा सक्रिय छन् । विष्ट राप्रपाको केन्द्रीय सदस्य हुन् ।

उनी तत्कालीन समयमा गाउँ पञ्चायतको प्रधानपञ्च समेत भएका थिए ।।

राप्रपाबाट महिला कोटामा उम्मेदवारी दिएकी रञ्जन प्याकुरेल पनि झापा बिर्तामोड ३ कि हुन् । उनी पनि लामो समयदेखि राप्रपामा आबद्ध भएर नेपाली राजनीतिमा सक्रिय छिन् ।

कसको कति छ मतभार रु
स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन् ।

निर्वाचनमा प्रदेशसभाका ९३ जना मतदाता हुनेमा टंक आङ्बुहाङलाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद रिक्त रहेको छ भने १३७ स्थानीय तहतर्फ २७४ मतदाता हुनेमा २ जनाको निधन भएको कारण २७२ जना मतदाता छन् ।

सोलुखुम्बुको खुम्बु पासाङ मुल्याहा गाउँपालिकाका अध्यक्ष ङिम दोजी शेर्पा र भोजपुरको हतुवा गढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएपछि स्थानियतको दुई पद खाली रहेको छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मत भार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मत भार १८ हुने कानुनी प्रावधान छ । जसअनुसार ९२ प्रदेशसभा सदस्यहरूको मत भार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मत भार ४ हजार ८९६ गरी जम्मा मत भार ९ हजार ३१२ रहेको छ ।

प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५२४ मत भार रहेको छ भने गठबन्धनको पाँच दलीय गठबन्धनमा आबद्ध दलहरूको कुल मत भार ४ हजार ६६८ छ ।

गठबन्धनमा आबद्ध नेपाली काँग्रेसको २ हजार ७३६, नेकपा ९माओवादी केन्द्र० को १ हजार ८, नेकपा ९एकीकृत समाजवादी०को ६६०, जनता समाजवादी पार्टीको २१६ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मत भार रहेको छ ।

प्रदेशमा गठबन्धन र एमालेबाहेक राप्रपाको १२० मत भार रहेको छ ।

नेकपा एमालेका ४१ जना प्रदेशसभा सदस्य, ६३ स्थानीय तहका प्रमुख र अध्यक्ष ७९ तहका उपाध्यक्ष र उपमेयर छन् । प्रदेशसभातर्फ एमालेको मत भार १ हजार ९६८ रहेको छ भने स्थानीय तहतर्फ १४३ जनप्रतिनिधिको २ हजार ५५६ मत भार रहेको छ ।

यसै गरी नेपाली कांग्रेसको प्रदेशसभा सदस्य २१ तथा स्थानीय तहका मतदाता प्रतिनिधि ९६ रहेका छन् । काँग्रेसका प्रमुख र अध्यक्ष ५४ तथा उपप्रमुख र उपाध्यक्ष ४२ को मत भार १ हजार ७२८ रहेको छ भने प्रदेशसभामा २१ सांसदको मत भार १००८ गरी जम्मा मत भार २ हजार ७३६ छ ।

नेकपा ९माओवादी केन्द्र० १५ प्रदेशसभा सदस्य र स्थानीय तहका मतदाता प्रतिनिधि १६ जना छन् । माओवादीका १५ प्रदेशसभा सदस्यको ७२० मत भार रहेको छ भने प्रमुख र अध्यक्ष ९ जना तथा उपप्रमुख र उपाध्यक्ष ७ जनाको मत भार २८८ सहित माओवादीको जम्मा मत भार १ हजार ८ छ ।

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा ९एकीकृत समाजवादी०को प्रदेशसभामा १० सांसद र स्थानीय तहमा मतदाता रहेका १० जना जनप्रतिनिधि छन् । स्थानीय तहका प्रमुख र अध्यक्ष ४ जना तथा उपप्रमुख र उपाध्यक्ष ६ जनाको मत भार १८० रहेको छ भने प्रदेशसभा सदस्यको ४८० सहित एकीकृत समाजवादीको जम्मा मत भार ६६० रहेको छ ।

प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष २ रहेको जनता समाजवादी पार्टीसँग २१६ मत भार रहेको छ भने अध्यक्ष ३, उपाध्यक्ष १ र प्रदेशसभा सदस्य १ रहेको राप्रपासँग १२० मत भार रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार