प्रदेश नं. १ का मुख्यमन्त्री राईलाई अनेरास्ववियु र युवा संघले देखाए कालो झण्डा

विराटनगर । भागवण्डा मिलाउन मन्त्रालय फुटाएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियुले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाएको छ । विराटनगर विमानस्थल बाहिर मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा अखिल कार्यकर्ता र प्रहरीबीच ठेलमठेल भएको थियो ।

सत्ता टिकाउनकै लागि मन्त्रालय टुक्राएर राज्यलाई आर्थिक भार थपेको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघले बिहीवार कालो झण्डा देखाएका हुन् ।

त्यसक्रममा अनेरास्ववियुका केन्द्रीय उप–महासचिव भाष्कर खनाल लगायतलाई सुरक्षाकर्मीले दुव्र्यवहार र हातपात गरेको अखिलले आरोप लगाएको छ ।

गठबन्धनमा भागवण्डा मिलाउनको लागि प्रदेश १ सरकारले ७ मन्त्रालय रहेकोमा टुक्राएर १२ बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार