काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजना संसदद्बारा पारित गर्नुपर्ने विषयमा नेताहरू एकमत देखिएका छन्।
यससँगै गठबन्धनको मतलव नराखी एमसीसी पारित गर्नुपर्ने विषयमा कांग्रेस अघि बढ्ने भएको छ।
बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका डा। रामशरण महतले एमसीसी परियोजना बारे विस्तृतमा चर्चा गरेका थिए।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसी बारे लिखित सामग्री डा। महतसँग मागेको बैठकमा सहभागी नेता डा। शशांक कोइरालाले बताए।
‘एमसीसी विद्युत र सडकका लागि हो र यो कुरा हामीले जनमानसमा भन्नुपर्छ भन्दै डा. रामशरण महतले लामो विवरण राख्नु भयो। उहाँले भन्नुभयो कि, यो हामीले लिनुपर्छ। त्यसपछि सभापतिजीले मलाई संक्षेपमा यसबारे लेखेर दिनु, साथीहरूसँग कुरा गर्छु भन्नुभयो’, कोइरालाले भने।
बैठकमा डा. कोइरालाले गठबन्धनसहित कांग्रेस निर्वाचनमा जान नहुने धारणा पनि राखेका छन्। भ्रातृ र शुभेच्छुक संगठनको महाधिवेशन भने केहीको स्थानीय तह निर्वाचनअघि र केहीको पछि गर्ने कुरा भएको छ।
सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भने मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० परियोजना कुनै हालतमा पास गर्न नहुने तर्क दिंदै आइरहेका छन्।
उनीहरुले एमसीसी पास गर्न साथ नदिए सत्ता गठबन्धन तोडिने समेत निश्चित देखिएको छ। संसद सुचारु गरेर एमसीसी पास गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सकारात्मक देखिएको छ।