माओवादी केन्द्रका कुनै पनि पदाधिकारीहरुले जातिय छुवाछुत तथा महिला हिंसा गरे अनुशासनको कारवाहि गरिने

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) भोजपुरको कुनै पनि कमिटीका पधादिकारीहरुले जातिय छुवाछुत तथा महिला हिंसा गरे अनुशासनको कारवाहि गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) जिल्ला समन्वय कमिटिको विस्तारित वैठकले यस्तो निर्णय गरेको पत्रकार सम्मेलन गर्दै विज्ञाप्ती मार्फत सार्वजनिक गरिएको हो ।

माओवादी केन्द्र जिल्ला समन्वय कमिटि र गाउँ÷नगर कमिटि पधादिकारी रहेका सदस्यहरुले कुनै पनि किसिमको जातिय छुवाछुत, परिवार भित्र महिला माथी शारीरिक तथा मानसिक याताना दिने जस्ता महिला हिंसा र नेपालको संविधान र कानुनले जघन्य अपराध ठहराएको कार्य गरे गराए अनुशासनको विषय बनाई कडा कारवाहि गर्ने वैठकले निर्णय गरेको विज्ञाप्तीमा भनीएको छ ।
यस्तै मिलिनियम च्यालेन्ज कर्पोरेशन (एम.सी.सी.) पास गर्न नदिन सुझाब सहित माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) समन्वय कमिटि भोजपुरका संयोजक नगेन्द्र भुजेल द्धरा हस्तक्षरित विज्ञाप्तीमा आठौँ राष्टिय महादिवेशनले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एम.सी.सी.) वारे लिएको निर्णय माथी दृढताका साथ उभिएर राष्ट्रघाती (एम.सी.सी.) लाई खारेज गर्न जोडदार माग गरेको उल्लेख गरेका छन् ।

वैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) जिल्ला समन्वय कमिटिलाई पुर्णता दिई कमिटिको सचिवमा बलभद्र राईलाई जिम्मेवरी दिएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार