भोजपुरमा पनि काङ्ग्रेसको “घरघर जाऔं, कांग्रेस जिताऔं” अभियान सुरु

भोजपुर । नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यक्रम अनुसार भोजपुरमा पनि कांग्रेसको “घरघर जाऔं, काङ्ग्रेस जिताऔं” अभियान सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी ’घरघर जाऔं, काङ्ग्रेस जिताऔं’ अभियान सुरु गरिएको हो । चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव संकलन गर्ने नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति भोजपुरका सभापति विनोद वान्तावाले जानकारी दिए ।
स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको उमेद्वारलाई विजयी गराउँन नेपाली काङ्ग्रेस दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्त्वपूर्ण विषयलाई नागरिकसमक्ष पु¥याउने केन्द्रीय सदस्य शुसिला ढकाल आचार्यले बताईन ।
भोजपुरमा आजबाट सुरु भएको उक्त कार्यक्रम ९ वटै स्थानीय तहमा संचालन हने छ । जस अन्तरगत फागुन ३० गते ट्याम्केमैयुङ्ख गाउँपालिकाको केन्द्र अन्नपुर्णमा, चैत २ गते पौवादुङ्मा गाउँपालिकाको केन्द्र च्याङग्रेमा, ४ गते साल्पासिलिछो गाउँपालिकाको केन्द्र चौकिडाडाँमा, ५ गते षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा, ६ गते आम्चोक गाउँपालिकाको केन्द्र बालाङ्खामा र ७ गते हतुवागडी गाउँपालिकाको केन्द्र घोडेटारमा कार्यक्रमको आयोजना गरिएको बताईएको छ । साथै पालिका पछि वडा स्तरमा कार्यक्रम गर्ने समेत नेपाली काङ्ग्रेस भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार