चुनावी समीकरण गर्ने दिशामा कांग्रेस

काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन दलसँग चुनावी समीकरण गर्ने दिशामा अघि बढेको छ । शुक्रबार सुरु केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवासहित अधिकांश वक्ताले समीकरणको पक्षमा धारणा राखेका छन् । समीकरणको खाका र कार्यान्वयनबारे भने फरक–फरक मत आएका छन् ।

सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस नेता । तस्बिर स् रासस
सभापति देउवाले आगामी निर्वाचनमा गठबन्धन दलबीच समीकरण गरेर जानुपर्ने बताए । चुनाव जित्नका लागि गठबन्धन गर्नैपर्ने बाध्यता उनले सुनाए । केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङले चितवनको गत निर्वाचन परिणामको प्रसंग झिक्दै गठबन्धनको विपक्षमा बोलेका थिए । उनीहरूले गत स्थानीय तहमा भरतपुर महानगर माओवादी केन्द्रलाई दिएको र अहिले पनि त्यही अवस्था आए कांग्रेस मतदातालाई सम्झाउन नसकिने बताएका थिए ।

गठबन्धन बन्दैमा जित्न नसकिने भएकाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने उनको भनाइ थियो । तर, बैठकको अन्त्यतिर सभापति देउवाले चितवनमा समीकरण नगरी जित्न नसकिने बताए । ‘गठबन्धन हुँदैन भने कसरी जित्न सकिन्छ रु ठूलो कुरा गरेर मात्र हुन्छ रु’ आक्रोशित हुँदै उनले भने, ‘चुनाव हारेको हार्‍यै छ, फेरि गठबन्धन पनि नगरौं भन्नुहुन्छ । चुनाव जित्न परेन रु’ प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले यति छिट्टै ‘ओली–आतंक’ कसरी बिर्सेको भन्दै गठबन्धनविरुद्ध बोल्ने नेताहरूलाई प्रश्न गरेका थिए ।
बैठकमा सुदूरपश्चिमबाहेक ६ प्रदेशका सभापति, ‘गाउँ–गाउँ जाऔं, कांग्रेस जिताऔं’ अभियानमा खटिएका २० जना केन्द्रीय प्रतिनिधि र गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले धारणा राखेका थिए । अधिकांश नेताले स्थानीय स्तरको आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नुपर्ने बताएका थिए ।
‘चुनावी गठबन्धन गर्दैमा जितिन्छ भन्ने आधार के छ रु त्यसैले यसमा वडादेखि नै गम्भीर रूपमा छलफल गरौं,’ लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने, ‘हचुवाको भरमा गठबन्धन गर्दा त्यसले कांग्रेसलाई फाइदा गर्दैन ।’ उनले भारतमा कांग्रेस आई गठबन्धनमै निर्भर हुँदा कमजोर भएको उदाहरण प्रस्तुत गर्दै एक्लै लड्ने गरी शक्ति परिचालन गर्नुपर्ने बताए । कर्णालीका सभापति ललितजंग शाहीले परिस्थितिअनुसार गठबन्धन दलबीच चुनावी समीकरण हुनु स्वाभाविक भए पनि स्थानीय स्तरमा त्यसको औचित्य स्थापित गर्नुपर्ने बताए । ‘गठबन्धनको निर्णय केन्द्रबाट लादेर हुँदैन, गर्नैपर्ने भए आवश्यकता र औचित्यको आधारमा तलबाटै गर्नुपर्छ,’ उनले बैठकमा भने ।

अभियानमा खटिएका केन्द्रीय सदस्यले सम्बन्धित जिल्लाको अवस्था र समीकरणबारे जानकारी गराएका थिए । कञ्चनपुरको रिपोर्टिङ गर्दै केन्द्रीय सदस्य नैनसिंह महरले केन्द्रबाट निश्चित मापदण्ड बनाएर स्थानीय आवश्यकतालाई आधार बनाई समीकरण गर्नुपर्ने बताए । ‘गठबन्धन गर्नै परे सरकारमा सम्मिलित दलसँग मात्र गर्नुपर्छ,’ उनको भनाइ थियो, ‘गठबन्धन गर्दैगर्दा भुइँको टिप्न खोज्दा खल्तीको फुत्किने अवस्था नआउनेतिर सचेत हुनैपर्छ ।’

उनले घोषणापत्र निर्माण गर्दा निःशुल्क शिक्षा र स्वास्थ्यको हकलाई प्राथमिकतासाथ उल्लेख गर्नुपर्ने बताए । मनाङको अवस्था रिपोर्टिङ गर्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले समीकरण गर्नैपर्ने भए स्थानीय स्तरको अवस्था बुझेर गर्नुपर्ने बताए । ‘मनाङमा माओवादी केन्द्र र एकीकृत समाजवादीको प्रभाव न्यून छ, त्यसैले त्यहाँ समीकरणको आवश्यकता देखिँदैन,’ उनले बैठकमा भने, ‘अन्यत्र पनि स्थानीय स्तरको आवश्यकता र वस्तुस्थिति बुझेर समीकरणको निर्णय गर्ने जिम्मा दिनुपर्छ ।’

अधिकांश नेताले समीकरण गर्नुपर्ने आवश्यकता रहे पनि कसरी गर्ने भन्नेमा स्पष्ट निर्णय लिनुपर्ने बताए । कांग्रेस र वाम दलबीचको चुनावी समीकरण प्रभावकारी नहुने भएकाले ख्याल गर्नुपर्ने उनीहरूको सुझाव थियो । यसका साथै स्थानीय स्तरमा फरक किसिमको तालमेलको सम्भावना हुने भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने नेताहरूको भनाइ थियो । केन्द्रीय सदस्यहरू रामहरि खतिवडा, प्रदीप पौडेल, मदनकृष्ण श्रेष्ठ, जानकी सिंह, कर्ण बुढा, कृष्णकिशोर घिमिरे, मोहनबहादुर बस्नेत, शान्ति परियार, गोविन्द शाह, गोविन्द पोख्रेललगायतले समीकरण गर्नैपरे सत्तागठबन्धन दलबीच गर्नुपर्ने धारणा राखेका थिए ।

स्थानीय तह निर्वाचनबारे तयारी गर्न बोलाइएको बैठकको पहिलो दिनमै चितवनमा समीकरणको अवस्था के हुने भन्ने प्रश्न उब्जिएको छ । यसले समीकरण गर्ने सभापति देउवामाथि चुनौती पनि थपेको छ । चितवन कांग्रेसमा नेता शेखर कोइराला समूहको जिल्ला नेतृत्व र प्रभाव छ । चितवनका कोइराला समूहकै केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङले भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई दिने गरी समीकरण गर्न नसकिने पार्टीको स्थानीय जनमत रहेको बताएका थिए ।

गत स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीबीच समीकरण हुँदा माओवादीकी रेणु दाहाल मेयर निर्वाचित भएकी थिइन् । यसपटक कोइराला समूहले समीकरणविरोधी आवाज चितवनबाटै उठान गर्ने रणनीति बनाएको छ । त्यही बुझेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार चितवनमा आयोजित कार्यक्रममा समीकरणको निर्णय केन्द्रबाट हुने बताएका थिए । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत चितवनको अवस्था बुझ्न साताअघि त्यहाँ गएका थिए । ‘चुनावी समीकरणबारे चितवनको अवस्था अलि फरक छ, त्यसलाई केन्द्रीय कार्यसमिति बैठकले गम्भीरतापूर्वक मन्थन गरेर उचित निर्णय लिन्छ,’ शर्माले भने ।

केन्द्रीय कार्यसमिति बैठक आइतबार पुनः बस्नेछ । बैठकले केन्द्रीय संसदीय समिति गठन गर्नुका साथै चुनावी समीकरणबारे निर्णय गर्नेछ । सभापति देउवाले बैठकको पहिलो दिनमै समीकरणको पक्षमा आफ्नो मत राखेकाले वैशाख ३० मा हुने निर्वाचनमा सत्ता गठबन्धन दलबीच समीकरण हुने एक केन्द्रीय सदस्यले बताए । ‘अधिकांश नेताले सभापतिको भावनाअनुसार समीकरणको विपक्षमा स्पष्ट रूपमा भनाइ राख्न सकेका छैनन्, बरु पार्टीलाई फाइदा पुग्ने गरी गठनबन्धन कसरी सफल बनाउने भन्ने धारणा आएका छन्,’ ती केन्द्रीय सदस्यले भने ।

कांग्रेसको विधानअनुसार वडा सदस्य र अध्यक्षको उम्मेदवारी प्रतिनिधिसभा क्षेत्र संसदीय समिति, गाउँपालिका अध्यक्ष–उपाध्यक्षको उम्मेदवारी जिल्ला संसदीय समिति, नगपालिका तथा उपमहानगरपालिका प्रमुख–उपप्रमुखको उम्मेदवारी प्रदेश संसदीय समिति र महानगरपालिका प्रमुख–उपप्रमुखको उम्मेदवारी केन्द्रीय संसदीय समितिले गर्ने विधानमा उल्लेख रहेको छ । सभापति देउवाले तल्लो कार्यसमितिलाई उम्मेदवारी टुंग्याउने अधिकार दिए पनि चुनावी समीकरणको खाका ९मार्गनिर्देश० केन्द्रबाट पठाउने रणनीति बनाएको उनीनिकट एक नेताले बताए । कान्तिपुरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार