भोजपुरमा सत्तारुढ गठवन्धन दलहरुको जिसस, पालिका र सवै वडामा गठवन्धन गर्ने निर्णय

भोजपुर । भोजपुरमा सत्तारुढ गठवन्धन दलहरुले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेका छन् । आज वसेको गठबन्धनको बैठकले जिल्ला समन्वय समिति, ९ वटै स्थानीय तह र ८१ वटै वडाहरुमा गठबन्धन गरी निर्वाचन मा सहभागी हुने नेपाली काङग्रेस जिल्ला सभापती विनोद वान्तवाले जनाए ।

नेपाली कांग्रेस भोजपुरका सभापति विनोद वान्ताको अध्यक्षतामा वसेको वैठकले आगामी चैत्र २८ गते ९ वटै स्थानीय तहमा गठबन्धनको सयुक्त बैठक वसी सोहि दिन बेलुका ७ बजेसम्म सबै सुझाव संकलन गरी निर्णय गर्ने निर्णय गरेको छ ।

बैठक नेपाली काङग्रेस जिल्ला कार्य समिति सभापति विनोद वान्तवाको अध्यक्षतामा नेका केन्द्रिय सदस्य उमेशजंग रायमाझी, नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य सुदन किराती, अजम्बर काङमाङ राई, नेकपा एकिकृत समाजवादिका केन्द्रिय सदस्य रमेश शाक्य, जनता समाजवादी पार्टि नेपालका केन्द्रिय सदस्य रामसिङ राई, नेकपा एकिकृत समाजवादिका जिल्ला अध्यक्ष विरजंग राई, जनता समाजवादि पार्टिका जिल्ला अध्यक्ष आशकुमार राई लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार