भोजपुरमा स्थानीय तह निर्वाचनका लागि सत्ता गठवन्धन बिच सहमति

भोजपुर । आगामी बैशाख ३० गते हुन गई रहेको स्थानीय तह निर्वाचनका लागि भोजपुरमा क्रियाशिल सत्ता गठवन्धनका दलहरुका बिचमा सहमति कायम भएको छ ।
जिल्लाका २ नगरपालिका र ७ वटा गाउँपालिकाहरुमा कुन कुन पार्टीका उम्मेदवार बनाउने भन्ने बिषयमा गठवन्धन कायम भएको हो । दलहरुका बिचमा भएको सहमति अनुसार नेपाली कांग्रेसले भोजपुर नगरपालिकामा मेयर, षडानन्द नगरपालिकामा मेयर, टेम्केमैयुङ गाउँपालिकामा अध्यक्ष, साल्पासिलिछो गाउँपालिका अध्यक्ष र हतुवागढी गाउँपालिकामा अध्यक्ष पाएको छ । यसै गरी नेकपा माओवादी केन्द्रले पौवादुङमा गाउँपालिका अध्यक्ष, रामप्रसाद राई गाउँपालिका अध्यक्ष पाउने भएको छ ।
सहमति अनुसार कांग्रेसले रामप्रसाद राई गाउँपालिका र पौवादुङमा गाउँपालिकामा उपाध्यक्ष पाएको छ भने माओवादी केन्द्रले षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र हतुवागढी गाउँपालिकमाा उपाध्यक्ष पद पाएको छ । नेकपा एकीकृत (समाजवादीले) भोजपुर नगरपालिकामा उपमेयर र टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष पद पाएको छ ।
यता आमचोक गाउँपालिका र अरुण गाउँपालिकामा भने नेपाली कांग्रेस र माओवादी केन्द्रले आ–आफनो पार्टीबाट उम्मेदवार उठाउने भएका छन । दलहरुका बिचमा स्थानीय तहका जम्मा ८१ वडा मध्ये कुन कुन वडामा गठवन्धन गर्ने भन्ने बिषयमा छलफल जारी रहेको गठवन्धन दलका बार्ता संयोजक नेपाली कांग्रेसका जिल्ला सभापति बिनोद बान्तवाले जानकारी दिए । यता जिल्ला समन्वय समितिमा भने जनता समाजवादीलाई प्रमुख र नेकपा एकिकृत माओवादीलाई उप प्रमुख दिने सहमती भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार