सामाजिक सञ्जाल नियमनका लागि निर्वाचन आयोगले फेसबुक, ट्विटरलाई आग्रह गर्ने

काठमाडौँ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा नियमनका लागि टिकटक, ट्विटर, फेसबुक र गुगलको कार्यालयमा सम्पर्क गर्ने भएको छ । आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालको नियमनका लागि भारत, अमेरिका र चीनलाई समेत आयोगले आग्रह गर्ने जनाएको छ ।

ुसामाजिक सञ्जालको नियमन प्रभावकारी बनाउने सन्दर्भमा फेसबुक, ट्विटर, टिकटक, भाइबर र गुगलका कार्यालयसँग सम्पर्क स्थापना र सहकार्यका लागि सामाजिक सञ्जालका तत्तत् कम्पनीका कार्यालयहरू सम्पर्क गर्ने प्रयास गरिएको छ,ु आयोगले भनेको छ, ुभारतको नयाँदिल्ली, संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसी र जनवादी गणतन्त्र चीनको बेइजिङलाई अनुरोध गर्ने र उक्त मुलुकस्थित नेपाली दूतावासहरूले आवश्यक सम्पर्क र सहकार्य स्थापना गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत् निर्देशन दिइने ।ु

आयोगका अनुसार निर्वाचन आचारसंहितामा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निषेध गरिएका प्रावधानहरूको बारेमा सामाजिक सञ्जालका कार्यालयलाई ती देशमा रहेका नेपाली राजदूतावास मार्फत् जानकारी गराइएको छ।

आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुग्ने गरी पोस्टहरु गरिरहेको भन्दै त्यस्तो नगर्न चेतावनी जारी गरेको छ ।

आयोगले उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गर्दै मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेको पनि जनाएको छ ।

ुगलत, भ्रामक, चरित्र हत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने कुसामग्री सामाजिक सञ्जालमा पोस्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा समेत आँच पुग्न सक्ने भएकोले यस्ता प्रकृतिका कार्य कुनै पनि हालतमा नगर्न नगराउन सबैमा आयोगले कडा चेतावनी दिन्छ,ु आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै निर्वाचनको आचारसिंहता २०७८ मा प्रतिकुल हुने गरी पोस्टहरु भएको भन्दै त्यस्तो गरे निर्वाचन कसूर तथा सजाय ऐन र प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि जनाएको छ ।

त्यसैगरी आयोगले छिमेकी देशका प्रशारण माध्यमबाट पनि निर्वाचनलाई प्रभावित गर्ने विषय प्रशारणमा रोक्न परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशलाई अनुरोध गर्ने जनाएको छ ।

ुस्थानीय तह निर्वाचनलाई प्रभावित पार्ने गरी सीमावर्ती क्षेत्रमा रहेका छिमेकी देशका प्रशारण माध्यमबाट निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने कुनै सामग्रीहरूको प्रसारण गर्न वा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा कुनै समाचार, टिप्पणी, विचार वा यस्तै प्रकृतिको सामग्री प्रसारण गर्न वा राजनीतिक विज्ञापन हुन नदिन छिमेकी देशको सरकारलाई अनुरोध गरी पठाउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको छ,ु आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै सामाजिक सञ्जालमार्फत् चुनावको प्रचारप्रसार गर्ने राजनीतिक दलको उम्मेदवार तथा पार्टीले सम्बन्धित कुन खाताको प्रयोग गर्ने हो त्यस विषयमा आयोगलाई जानकारी गराउनु पर्ने भन्दै आयोगले निर्देशन जारी गरेको छ ।

राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको परिधिभित्र रही आफ्नो प्रचारप्रसारका लागि सामाजिक सञ्जाल खाताको प्रयोग गर्न पनि उम्मेदवारको अन्तिम सूची प्रकाशन भएको २४ घन्टाभित्र निर्वाचन आयोग र सम्बन्धित निर्वाचन अधिकृत कार्यालयमा आफ्नो सामाजिक सञ्जालका खाताको विवरण अनिवार्य रूपमा बुझाउन आयोगले निर्देशन दिएको छ ।

आयोगले सञ्चार माध्यममा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यतिमा संलग्न नहुन प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघलाई आवश्यक कदम चाल्न र यस्ता कार्यको प्रभाव रुपमा अनुमगन गर्न पनि निर्देशन दिएको छ ।

त्यसैगरी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने सामग्रीहरूको प्रचारप्रसार रोक्नका लागि इन्टरनेट सेवा प्रदायक, भ्यालु एडेड सर्भिस दिने सेवा प्रदायक र केबल टेलिभिजन नेटवर्कलाई निर्देशन दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूर सञ्चार प्राधिकरणलाई आयोगले पत्राचार गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार