बदमासी गर्ने धुर्वे हात्तिलाई नियन्त्रण गर्नै पर्छ : राई

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाको विकास र समृद्धिका लागि धुर्वे हात्तिलाई नियन्त्रण गर्नु पर्ने जनता समाजबादी पर्टीका केन्द्रिय सदस्य रामसिँ राईले बताएका छन् ।
आईतबार टेम्केमैयुङ गाउँपालिकाको वडा नं. २ मा भएको कार्यकर्ता भोटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै राईले टेम्केमैयुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष धुर्व राईलाई तराईमा बदमासी गर्ने धुर्वे हात्तिको संघा दिदै धुर्वे हात्तिलाई नियन्त्रणमा लिई इमानदार र जनताले रुचाएका गठबन्धनका उमेद्वारलाई मतदान गरी विजयी गराउन समेत आग्रह गरेका छन् ।

पालिकाको अध्यक्ष हुँदा सुम्नीमा, पारुहाङ र यलम्बरको मुर्तीमा घोटला गरेको बताउँदै उनलाई पालिकाको विकास र समृद्धिमा भन्दा पनि घोटला गर्ने तर्फ उन्मुख भएकाले वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धनका उमेद्वारलाई मतदान गरी विजयी गराउन समेत आग्रह गरेका छन् । राईले पालिकामा भएको विद्युतीकरणमा पनि ठुलो घोटला गरेको बताएका छन् ।

राईले पोल खरिदमा ठुलो घोटला भएको बताएका छन् । आम टेम्केमैयुङ बासीलाई विद्युत प्राधिकरणमा पोल खरिदको विल हेर्न भन्दै गाउँपालिकामा ग्यालोनाइज नगरेको पोल गाडेको र सवै जनताले वोकेर आफै धुवानी गरेर, होल खनेर गाडेको बताएका छन् । शिक्षामा समेत सवै आफ्ना मान्छे लगाएको आरोप लगाएका छन् ।
त्यसैले समग्र गाउँपालिकाको विकास र समृद्धिका लागि गठबन्धनका उमेद्वारलाई मतदान गरी विजयी गराउन आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार