भोजपुरका राई बने सवैभन्दा कान्छा उमेदवार

भोजपुर । स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनमा वडा अध्यक्षको उमेदवार मिलन राई भोजपुरकै कान्छा उमेदवार भएका छन् । उनी टेम्केमैयुङ गाउँपालिका वडा नं. ६ का गठबन्धनका उमेदवार राई सवै भन्दा कान्छा उमेदवार हुन ।

उनी समाजसेवा गर्नका लागि इन्डियन आर्मी समेत त्यागेर वडा अध्यक्षमा उमेदवारी दिएका हुन् । उनी जितको नजीक रहेका छन् । राईले आफु विजयी भए वडाको समग्र विकाससंगै युवा रोजगार कार्यक्रम समेत वडामा ल्याउने बताएका छन् । राईले कलम चिन्हबाट उमेदवारी दिएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार