प्रेसको गाडीमा एमालेको प्रचारप्रारको सामग्री भेटिएपछि प्रहरी कार्यालय लगिएको गाडी अनुसन्धानमा केहि नदेखिएको भन्दै छाडियो

भोजपुरमा प्रेसको गाडीमा एमालेको प्रचारप्रसार सामग्री भेटिएको छ । प्रेस लेखिएको बागमती प्रदेश ०१ ०२६ च १२९१ नम्बरको गाडीमा सवार मेयर पदका उम्मेदवार भरत तामाङका छोरा दुर्गा योञ्जन, एमाले प्रदेश कमिटि सदस्य राजन श्रेष्ठ लगायतको टोलीले मत मागीरहेको थाहा पाए पछि स्थानीयबासी उक्त स्थानमा पुग्दा गाडीमा के छ भनी खोजी गर्दा गाडी भने भागेको स्थानीहरुले बताए छन् ।

भागेको गाडी स्थानीयबासीहरुले भोजपुर स्थीत हेलीडाडामा छेकेको हो । उक्त गाडी भित्र एमालेको पर्चा, घोषणा पत्र र झण्डा भेटिएको छ । उक्त गाडी रोकिएपछि एक छिन् त्यहाको माहोल तनाबग्रस्त भएको थियो । छेकिएको गाडी प्रहरीले अनुसन्धान गर्न भन्दै प्रहरी कार्यालय लग्यो । केहिसमय पछि स्थीती सामान्य भएपछि गाडी छाडियो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक राजकुमार राईले अनुसन्धानमा केहि नदेखिएकाले गाडी छाडिएको बताएका छन् ।
केहि छिन पछि भोजपुरको वैक रोडमा एमाले कार्यकता र प्रहरी विच ठेलाठेल .भएको छ । एकाले नेता तथा कार्यकर्ताले प्रहरी दमन मुर्दाबाद भन्दै नारा जुलुस गरे पछि प्रहरीर एमाले कार्यकर्ता विच ठेलाठेल भएको हो । अहिले भने अवस्था सामान्य रहेको छ ।

यता नेकपा एमालेका अध्यक्ष शरण कुमार राईले भने मत माग्न नभई विरामी लिन गएको बताएका छन् । विस खाएर विरामी भएको मान्छेलाई लिन गयर आउदा गाडी नियान्त्रणमा लिई तोडफोड गर्न खोजेको आरोप लगाएका छन् । तर गाडीमा भने विरामी ल्याईएको पाईएन । गाडी टक्सारबाट भोगर आउनु गाडीमा पर्चा भेटिनु विरामी लिन नभई नियोतीत तरीकाले मत माग्न टक्सार झरेका स्थानीयहरु बताउछन् ।

भिडियो हेर्नुस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार