भोजपुरमा शान्ती पुर्ण वतावरणमा सवै स्थानीय तहको मतदान सम्पन्न

भोजपुर । भोजपुरमा शान्ती पुर्ण वतावरणमा सवै स्थानीय तहको मतदान सम्पन्न सम्पन्न भएको छ । आज भएको निर्वाचनमा भोजपुर जिल्लामा ६१ प्रतिशत मत खसेको छ । कुल एक लाख २५ हजार ७०५ जना मतदाता मध्ये करिव ६१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । षडानन्द नगरपालिकामा ६५ दशमलव ४४, साल्पासिलिछो गाउँपालिकामा ६० दशमलव ४३, टेम्केमैयुङ गाउँपालिकामा ६२ दशमलव ०१, रामप्रसादराई गाउँपालिकामा ५९ दशमलव २४, हतुवागढी गाउँपालिकामा ५५ दशमलव ८१, आमचोक गाउँपालिकामा ५९ दशमलब ७९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै अरुण गाउँपालिका ६१ दशमलव २७ र भोजपुर नगरपालिका ६० दशमलब २७ प्रतिशत मत खसेको छ । पौवादुङमा गाउँपालिकाको भने विवरणमा केहि फरक परेकाले त्यसलाई सच्याउने काम भईरहेको कार्यालयको भनाइ छ ।

यहाँ जिल्लाभर एक लाख २५ हजार ८०५ जना मतदाताको नामवली रहेको थियो । सबै स्थानमा मतदान सकिएपनि साँझ पख बर्षात भएको कारण मतपेटिका ल्याउन केहि कठिनाई भएको प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले जानकारी दिए । भोजपुरको अरुण गाउँपालिकाको याकुमा बाहेक सम्पूर्ण ठाउँमा विहान तोकिएको समयमा नै मतदान शुरु भएको प्रमुख जिल्ला अधिकारी कोईरालाले बताए ।

जिल्लाको १६० ओटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रहरीले जनाएको छ । अहिले जिल्लाको सवै स्थानीय तहमा मतपेटिका संकलनको काम भइरहेको छ । सर्वदलिय बैठक पश्चात मतगणनाको टुङ्गो लाग्न जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार