पौवादुङमा गाउँपालिका अध्यक्षमा किरण र उपाध्यक्षमा ज्योत्सना राई विजयी

भोजपुर । पौवादुङमा गाउँपालिका अध्यक्ष-उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । यहाँ एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी भए । उनले २४९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेल ‘शैलेन्द्र’ १६८८ मतमा रोकिए । १३७१ मत ल्याएर कांग्रेसका मनोज कार्की तेस्रो भए ।

किरणको यो दोस्रो जित हो । यसअघिको निर्वाचनमा यहाँ उपाध्यक्ष भने माओवादीले जितेको थियो । उपाध्यक्षमा एमालेकै ज्योत्सना राई २४०६ मत ल्याएर विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले १७६९ मत प्राप्त गरिन् ।

तेस्रो बनेकी कांग्रेसकी रामकुमारी राईले १३८७ मत प्राप्त गरिन् । यहाँ सुरूमा माओवादी अध्यक्ष दिएर कांग्रेससँग तालमेल गर्ने जिल्ला नेतृत्वमा सहमति भएपनि वडाको नेतृत्वमा भागबण्डा नमिल्दा गठबन्धन दल एक्लाएक्लै भिडेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार