महन्थ ठाकुरपक्षले पनि देउवालाई विश्वासको मत दिने

काठमाडौं। जनता समाजवादी पार्टी ९जसपा० महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। जसपाको ठाकुर पक्षका नेता उमाशङ्कर अरगरियाले आफ्नो समूह पनि प्रधानमन्त्री देउवालाई मत दिने पक्षमा पुगेको हाम्रा कुरालाई जानकारी दिए।

प्रधानमन्त्री देउवाले जसपाले उठाएका मुद्दा तथा मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आफूहरू देउवालाई मत दिने पक्षमा उभिएको उनले बताएका हुन्।
यस्तै सो समूहका नेता केशव झालेसमेत प्रधानमन्त्री देउवालाई मत दिने निर्णय भएको पुष्टि गरे।

ठाकुर समूहको यो निर्णयसँगै सिङ्गो जसपा बाट प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने भएका छन्।

यसअघि पनि जसपाको ठाकुर पक्षले आफ्ना माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार