अरुण गाउँपालिकाको १० औ गाउँ सभा सम्पन्न

भोजपुर । भोजपुरको पुर्वी अरुण गाउँपालिकाको १० औँ गाउँ सभा सम्पन्न भएको छ । गाउँसभाले २ करोड ३१ लाख बजेट विनियोजन गरेको छ ।

सभाले कृषि, सडक, खानेपानी, स्वास्थ्य लगायतका शिर्षकमा रकम विनियोजन गरेको हो । यस्तै सभाले ६ वटा विधयक समेत पास गरेको छ । अरुण गाृँपालिकाको सुशासन तथा स्थानीय सेवा समिति गठन तथा सञ्चालन कार्यविधि २०७८, गालिकाको विधायन समिति गठन तथा सञ्चालन कार्य विधि २०७८, पालिकाको खेलकुद विकासलाई व्यावस्थापन गर्न बनेको विधेयक २०७८, पालिकाको वतावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक २०७८, पालिकाको नविकरणीय उर्जा नीति २०७८ र पालिकाको विनियोजन ऐन, २०७८ लाई संशोधन विधेयक २०७८ पारित भएको अरुण गाउँपालिकाका उपाध्यक्ष विनिता ढकालले जानकारी दिईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार