स्वास्थ्य कार्यायका अधिकृत सुरेन्द्र बुढाथोकी बने जिल्लाकै उत्कृष्ट कर्मचारी

भोजपुर । स्वास्थ्य कार्यालय अधिकृत सुरेन्द्र कुमार बुढाथोकी जिल्लाकै उत्कृष्ट कर्मचारी बनेका छन् । निजामती सेवा दिवसको अवसरमा स्वास्थ्य कार्यलयका अधिकृत सुरेन्द्र कुमार बुढाथोकी लाई जिल्लाको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको हो ।

भोजपुरमा मंगलबार भएको निजामती सेवा दिवसको अवसरमा बुढाथोकीलाई पुरस्कृत गरिएको कार्मचारी मीलन केन्द्रका अध्यक्ष भक्तिप्रसाद भट्टराईले जानकारी दिए । उनलाई नगद पाँच हजार सहित सम्मानपत्रबाट पुरस्कृत गरिएको छ । उत्कृष्ट कर्मचारीका लागि विभिन्न कार्यालयबाट १७ जनाको नाम सिफरिस गरिएको थियो ।

बुढाथोकीलाई जिल्ला अदालत भोजपुरका जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्त र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले नगद र सम्मानपत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार