पाँचथर अस्पतालमा तोडफोड

पाँचथर । फालेलुङ गाँउपालीका ८ घर भई हाल फिदिम २ मा बस्दै आएकी तीन बर्षिय बालिका कृष्टिना थाम्सुहाङ् को मृत्यु चिकित्सको लापवार्हिले मृत्यु भएको भन्दै पाँचथर अस्पतालमा बालीकाको अफन्तहरु तोडफोड गरेका छन् । तोडफोडबा६ट अस्पतालको झयालमा रहेका सिसाहरु फुटेका छन् । बच्चाका आफन्तहरु आक्रोसितहुदै ढुङगा मुडा गरेका हु्न ।
बिरोध अझै जारी रहेको छ । दिउसोबाट तनाबग्रस्त बनेको पाँचथर अस्पताल अझै समस्याको सामधान हुन सकेको छैन् ।

पाँचथर अस्पतालमा उपचार भईरहेकी वालीकाको मृत्यु भएको घटनालाई लिएर पाँचथर जिल्ला अस्पतालमा तनाव भएको छ । चिकित्सको लापवार्हिले मृत्यु भएको आरोप मृतक बालीकाका आफन्तले लगाएका छन् । स्वास्थ्यकर्मीले लापवार्हि गरेको आफन्तको आरोप छ । अस्पतालमा उपस्थीत आफन्तहरु आक्रोसित देखिन्छन् ।

अस्पताल परिसरमा मृतकका आफन्तहरु ठुलो संख्यामा उपस्थीत भएका छन् । उनीहरुले अस्पताल परिसरमा विरोध जनाई रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार