कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तानतरण

भोजपुर । आइएनयुस संस्थाको सहयोग तथा आइएन नेपालको सहयोगमा कोभिड अस्पताल भोजपुरलाई स्वास्थ्य सामग्री हस्तानतरण गरिएको छ ।

आईतबार एक कार्यक्रमका विच अस्पताललाई दुई लाख पैतालीस हजार बराबरको स्वास्थ्य सामग्री हस्तानतरण गरिएको रोबट सुवेदीले जानकारी दिए ।

उनका अनुसार अक्सीजन सिलिन्डर, सर्जीकल माक्स, सेनीटाईजर, ग्लोव्स्, केएन नाइन्टीफाईभ माक्स, सर्जीकल ग्लोव्स्, पीपीई र अन्य सामग्री गरी दुई लाख पैतालीस हजार बराबरको स्वास्थ्य सामग्री हस्तानतरण गरिएको हो ।

उक्त स्वास्थ्य सामग्री जिल्ला समन्वय समितिका सभापति लक्ष्मण खड्का कोभिड अस्पतालका डा. फिपराज विस्वकर्माले संयुक्त रुपमा बुझेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार