रुससँग शान्ति वार्ताका लागि इस्तानबुल पुग्यो युक्रेनी प्रतिनिधिमण्डल

काठमाडौँ । रुससँग शान्ति वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल टर्की पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभको नेतृत्वको प्रतिनिधिमण्डल टर्कीको इस्तानबुल पुगेको हो ।

इस्तानबुल सहर । फाइल तस्बिर स् रोयटर्स
त्यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोल्याक पनि वार्ता टोलीमा सहभागी छन् । युक्रेनले वार्तामार्फत युद्धविरामको प्रयास सफल बनाइने बताएको छ । दुई हप्तापछि युक्रेन र रुसबीच वार्ता हुन लागेको हो । दुई देशबीचको वार्ता टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनको उपस्थितिमा हुनेछ । वार्ता स्थानीय समयअनुसार मंगलबार बिहान १० बजेदेखि सुरु हुने छ।

रुसले युद्धविरामका लागि युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन९नेटो० मा आबद्ध नहुने प्रतिबद्धता चाहेको छ भने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की उक्त सर्त मान्न तयार रहेको बताइएको छ ।

त्यस्तै वार्तामा पृथकतावादी समूहको नियन्त्रणमा रहेका युक्रेनी भूभागको भविष्यका बारेमा पनि कुरा हुने सम्भावना रहेको छ ।

केही दिनअघि मात्रै रुसले युक्रेनविरुद्ध पहिलो चरणको युद्ध सकिएको घोषणा गरेको थियो । एक महिनाअघि युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले आफ्नो ‘रणनीति परिवर्तन गर्न’ युद्ध सकिएको घोषणा गरेको ठानिएको छ । रुसी रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार