भोजपुरमा बिधुत नियमित गर्न विद्यार्थीहरुको ध्यानाकार्षण

भोजपुरमा बिधुत नियमित गर्न प्राधिकरणलाई विद्यार्थीहरुको ध्यानाकार्षण भोजपुर । भोजपुरमा दैनिक रुपमा विद्युुत अबरुद्ध भईरहेको बेला नेपाल विद्युत प्राधिकरणलाई भोजपुरका विद्यार्थीहरुले ध्यानाकार्षण गराएका छन् ।

बुधवार विद्यार्थीरुले नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र, जिल्ला प्रशासन कार्यालय र भोजपुर नगरपालिकालाई ध्यानकार्षण गराएका हुन् । उनीहरुले सम्बन्धित निकायदाई उदासिन किन ? झ्याप्प झ्याप्प विद्युत काटीने कारण के ? समस्यालाई समाधान गर्नु पर्दैन ? जस्ता प्लेकार्ड देखाउदै ध्यानकार्षण पत्र समेत बुझाएको विद्यार्थी अनोज कार्कीले बताए ।

उनले प्राबिधिक असक्षमता र व्यवस्थापनमा देखिएको गम्भीर त्रृटिका विरुद्ध प्रतिनिधिमुलक खबरदारी स्वस्फूर्त रुपमा विद्यार्थीहरुले गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार