न्यादी हाइड्रोपावरको आईपीओमा साढे २३ लाखको आवेदन

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ । असोज १५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको आईपीओमा मंगलबार साझसम्म २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १४ गुणा बढी आवेदन हो ।

कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला गरेको थियो ।

बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । त्यसमा बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार