भोजपुर गोल्डकप सुरु, पहिलो दिनको खेलमा भोजपुर फुटबल क्लवसंग सगरमाथा युथ क्लब मोरङ पराजित


भोजपुर । भोजपुरमा भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा पाचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा भोजपुर फुटबल क्लवले सगरमाथा युथ क्लब मोरङलाई ट्राईवेकरमा पराजित गरेको छ । आयोजक भोजपुर फुटबल क्लव र सगरमाथा युथ क्लब मोरङलाई विच भएको खेलामा निर्धारि समयमा दुवै पक्षबाट दूई दुई गोलको वराबरीमा समाप्त भए पछि ट्राईवेकरमा भोजपुर फुटबल क्लवले सगरमाथा युथ क्लब मोरङलाइ ६ गोलका विरुद्ध ७ गोल गर्दै पराजित गरेको हो ।
खेलको १६ मिनेटमा सगरमाथा युथ क्लब मोरङका निशान खड्काले पहिलो गोल गरे पछि खेत ततिएको थियो । खेल आक्रमक बनेपछि २२ मिनेटमा आयोजक भोजपुर फुटबल क्लवका दिनेश आअ‍ेले १ गोल फर्काए । हाफ टाईम सम्म बराबरी भएको थियो । हाफ टाईम पछि सगरमाथा युथ क्लब मोरङका अशोक खवासले गोल गरे भने भोजपुर फुटबल क्लवका सन्तोस तामाङले उक्त जवाफी गोल फर्काएका थिए । प्रतियोगिताको उद्घाटन रेफ्रीलाई बल हस्तान्तरण गरेर भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले गरेका छन् । ३० लाख २७ हजार ५५ रुपैयाँको लागतमा चैत्र १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अमुक्ता परिवार, वेस्ट बङ्गाल भारत, भोजपुर फुटबल क्लब, सगरमाथा युथ क्लब मोरङ, राष्ट्रिय जागृती क्लब सुनसरी, भगवती स्पोर्ट्स क्लब खोटाङ, बसाहा क्लब उदयपुर, सतासीधाम स्पोर्टिङ क्लब झापा र गोर्खा ब्वाइज रुपन्देहीको सहभागिता रहने छ । प्रतियोगिता सञ्चालनका लागि मुख्य प्रायोजक भोजपुर नगरपालिकाले २५ लाख, सहप्रायोजक चौधरी ग्रुपको एक लाख र राष्ट्रिय वाणिज्य बैङ्कको एक लाख सहयोग रहने छ । प्रतियोगिताको विजेताले नगद पाँच लाख, उपविजेताले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार