आज क्वाटर फाईनलको अन्तिम खेलमा सतासीधाम स्पोर्टिङ क्लब झापा र वेस्ट बङ्गाल भारत भिड्दै

भोजपुर, । पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज हुने क्वाटर फाईनलको अन्तिम खेलमा सतासीधाम स्पोर्टिङ क्लब झापा र वेस्ट बङ्गाल भारत भिड्दै छन् । चैत १ गतेबाट सुरु भएको क्वाटर फाईनल खेलमा ८ टिम सहभागी भएका थिए । भोलीबाट सेमिफाईनलको खेल हुने आयोजकले जननाएको छ । यस अघिका खेलबाट भोजपुर फुटबल क्लवसंग सगरमाथा युथ क्लब मोरङ, राष्ट्रिय जागृति क्लब सुनसरीसंग भगवती स्पोटस् क्लब खोटाङ र गोर्खा ब्वाइज रुपन्देहीसंग बसाहा क्लव उदयपुर पराजित भै सकेका छन् । आज क्वाटर फाईनलको अन्तिम खेल भने सतासीधाम स्पोर्टिङ क्लब झापा र वेस्ट बङ्गाल भारत विच प्रतिस्पर्धा हुने छ ।

३० लाख २७ हजार ५५ रुपैयाँको लागतमा चैत्र १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको फाईनल खेल ७ गते हुनेछ । प्रतियोगिता सञ्चालनका लागि मुख्य प्रायोजक भोजपुर नगरपालिकाले २५ लाख, सहप्रायोजक चौधरी ग्रुपको एक लाख र राष्ट्रिय वाणिज्य बैङ्कको एक लाख सहयोग रहने छ । प्रतियोगिताको विजेताले नगद पाँच लाख, उपविजेताले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार