झापालाई हराउदै अमुक्त परिवार वैष्ट वंगाल भारत सेमी फलाईनलमा प्रवेश

भोजपुर । पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज भएको क्वाटर फाईनलको अन्तिम खेलमा खेलमा अमुक्त परिवार वैष्ट वंगाल भारत विजयी भएको छ । सतासीधाम स्पोर्टिङ क्लब झापालाई ५ गोल गर्दै वैष्ट वंगाल भारत सेमीफाईनलमा प्रवेश गरेको हो । । गरी आफनो टिमलाई सेमिफाइनलको यात्रामा पुर्याएका छन . भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा चैत्र १ गतेबाट नकआउटका आधारमा संचालन भई रहेको प्रतियोगिता अन्तर्गत शुक्रवारको अन्तिम खेल अमुक्ता परिवार, वेस्ट बङ्गाल भारत र सतासीधाम स्पोर्टिङ क्लब झापाका बिचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिए । आयोजक भोजपुर फुटवल क्लब, राष्ट्रिय जागृती क्लब सुनसरी, गोर्खा व्वाईज क्लब रुपनदेही र अमुक्त परिवार वैष्ट वंगाल भारत सेमी फाईनलमा प्रवेश गरेको छ ।
३० लाख २७ हजार ५५ रुपैयाँको लागतमा चैत्र १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अमुक्ता परिवार, वेस्ट बङ्गाल भारत, भोजपुर फुटबल क्लब, सगरमाथा युथ क्लब मोरङ, राष्ट्रिय जागृती क्लब सुनसरी, भगवती स्पोर्ट्स क्लब खोटाङ, बसाहा क्लब उदयपुर, सतासीधाम स्पोर्टिङ क्लब झापा र गोर्खा ब्वाइज रुपन्देही गरी ८ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता सञ्चालनका लागि मुख्य प्रायोजक भोजपुर नगरपालिकाले २५ लाख, सहप्रायोजक चौधरी ग्रुपको एक लाख र राष्ट्रिय वाणिज्य बैङ्कको एक लाख सहयोग रहने छ । प्रतियोगिताको विजेताले नगद पाँच लाख, उपविजेताले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार