आयोजक भोजपुरलाई हराउँदै रुपन्देही फाइनल प्रवेश

भोजपुर । पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत शनिवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटवल संघलाई ५ गोल गर्दे गोर्खा ब्वाइज रुपन्देही फाइनल प्रवेश गरेको छ । आयोजक भोजपुरका तर्फबाट ३ गोल हुन पुग्यो ।

रुपन्देहीका तर्फबाट जर्सी नम्वर १० का यानिकले खेलको ५२ औ मिनेटमा १ गोल र भोजपुरका जर्सी नम्वर ७ का बिजय भुजेलले ७६ औ मिनेटमा १ गोल गरे पछि दुवै तर्फ १÷१ गोल भएको थियो । दुवै तर्फ बरावरी भए पछि खेल ट्राइवेकरमा गएको थियो ।

ट्राइबेकरमा रुपन्देहीका तर्फबाट निशान न्यौपाने, सुनिल खडका, फोवना, मनोज श्रेष्ठ र यानिकले गोल गरेका थिए भने भोजपुरका तर्फबाट लक्ष्मण तामाङ, रामबहादूर तामाङ र प्रबिण राईले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच रुपन्देहीका एबोडे भए ।

आइतवारको दोश्रो सेमिफाइनल खेल अमृक्ता परिवार, वेष्ट बंगाल र राष्ट्रिय जागृती क्लव सुनसरीका बिचमा हुने आयोजकले जानकारी दिएको छ ।

भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा चैत्र १ गतेबाट नकआउटका आधारमा संचालन भएको प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए । ३० लाख २७ हजार ५५ रुपैयाँको लागतमा संचालन भई रहेको प्रतियोगिताको विजेताले नगद पाँच लाख, उपविजेताले नगद तीन लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजक भोजपुर जिल्ला फुटवल संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार