निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा नेपाल बैंक पहिलो

काठमाडौँ । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा बिस्तार दुवैमा उच्च वृद्घि गरेको छ । गत फागुन महिनामा नेपालका २७ वटा बाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा आफू प्रथम स्थानमा रहेको बैंकले दावी गरेको छ । गत फागुन महिनामा बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१।६७ प्रतिशतले वृद्घि भएको देखिन्छ भने कर्जा विस्तार ३०।३५ प्रतिशतले वृद्घि भएको देखिन्छ ।
२७ बाणिज्य बैंकमध्ये १७ वटा बाणिज्य बैंकहरुको निक्षेप वृद्घि भएको छ भने १० वटा बाणिज्य बैंकको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकको औसत निक्षेप वृद्घिदर ५ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै बाणिज्य बैंकको कर्जा विस्तारमा वृद्घि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्घि भएको देखिन्छ ।
अहिले बाणिज्य बैंकसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कुल ऋण ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । फागुन महिनामा मात्रै बाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रवाह १७ अर्ब रुपैयाँले विस्तार भएको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा १९ वटा बाणिज्य बैंकको कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० नेपाल राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० भने ९०।०३ प्रतिशत रहेको छ । औसतमा बैंकहरुको कर्जा निक्षेप अनुपात ९०।९९ प्रतिशत रहेको छ ।
नेपालभर २१३ शाखाहरु, १४७ एटीएमसाथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको बैंकको दावी छ । केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार