पाचौ मेयर भोजपुर गोल्डकपको उपाधी गोर्खा ब्वाइज क्लब रुपन्देहीको पोल्टोमा

भोजपुर । भोजपुरमा जारी पाचौ मेयर भोजपुर गोल्डकपको उपाधी गोर्खा ब्वाइज क्लब रुपन्देहीले आफ्नो पोल्टोमा पारेको छ । रुपान्देहीले अमुक्ता परिवार, पश्चिम बङ्गाललाई ५–० गोलले हराउँदै गोल्डकपको उपाधी हात पार्न सफल भएको हो । सदरमुकामको स्थानीय टुँडिखेलमा भएको खेलमा रुपन्देहीका तर्फबाट फोफनाले खेलको ३८औँ र ४४औँ मिनेटमा दुई गोल गरे भने यानिकले खेलको ५२ औँ र ७०औँ मिनेटमा दुई गोल गरेका थिए । यस्तै, खेलको ६४औा मिनेटमा १५ का सुसन तामाङले १ गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच रुपन्देहीका खेलाडी फोफना भए । विजेता बनेसँगै रुपन्देहीले नगद पाँच लाख र उपविजेता पश्चिम बङ्गालले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । प्रतियोगिताको उदयमान खेलाडी भोजपुरका प्रवीण राई, उत्कृष्ट गोलरक्षक रुपन्देहीका देव लिम्बू भएका भने अन्य विधामा पनि रुपन्देहीका उत्कृष्ट रक्षक एबोडे, उत्कृष्ट मिडफिल्डर सुनिल खडका, उत्कृष्ट प्रशिक्षक जग्गुनाथ खडका, सर्वाधिक गोलकर्ता यानिक र अमुक्ता परिवारका सौरभ तामाङ बने । गोर्खा ब्वाइज रुपन्देहीका सुशील यादव नै सर्वोत्कृष्ट खेलाडी बन्न पुगे । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा अमुक्ता परिवार, पश्चिम बङ्गाल भारत, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सगरमाथा युथ क्लब मोरङ, राष्ट्रिय जागृती क्लब सुनसरी, भगवती स्पोर्ट्स क्लब खोटाङ, बसाहा क्लब उदयपुर, सतासीधाम स्पोर्टिङ क्लब झापा र गोर्खा ब्वाइज रुपन्देही गरी आठ टिमले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार