बर्षमा एक दिन दिवस मनाउने होइन, नागरिकलाई जागरुक बनाऔ

निरोज कोइराला
चैत्र २६ गते बिद्युतीय सुरक्षा दिवस बिभिन्न कार्यक्रम गरी मनाइयो । प्रत्येक बर्ष यो दिवस मनाउने गरिन्छ । तर पनि बिद्युतीय जोखिम र दुर्घटनामा कमी आउन सकेको छैन । बिद्युतीय जोखिम र दुर्घटनाबाट जोगिनका लागि के–के सावधानी अपनाउन जरुरी छ, बिद्युतीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको सुरक्षामा कतिको ध्यान दिन आवश्यक छ, यो पहिलो कुरा हो ।
बिद्युतबाट हुने जोखिमका बारेमा जानकारी गराउने, सचेत हुने, कसरी सावधानी अपनाउने भन्ने कुरा जिल्ला तहमा गरेर दुर्गमका गाउँ बस्तीमा रहेका नागरिकहरुले चाही के बुझछन होला ? कुनै घरमा बिद्युत सुबिधा प्रयोग गर्ने बृद्धबृद्धा र केटाकेटी मात्र पनि हुन सक्छन उनीहरुलाई के थाहा बिद्युतीय सुरक्षा भनेको के हो । यस तर्फ पनि सरोकारवाला निकायहरुले बिचार पुर्याउनु पर्छ ।
जीवन अमुल्य छ, जव जीवन रहन्छ तव मात्र संसार देख्न र केही गर्न सकिन्छ । त्यसैले बिद्युतीय सुरक्षामा एक दिन होइन सधै ध्यान दिन जरुरी छ । बर्षमा एक दिन कार्यालयमा दिवस मनाएर टालटुले काम गर्नु भन्दा कार्यरत कर्मचारीहरु कतिको सुरक्षित छन, उनीहरुले काम गर्दा उचित सुरक्षाका सामग्रीहरु प्रयोग गरेका छन कि छैनन वा पाएका छन छैनन, बिद्युतीय संरचनाहरु कतिको सुरक्षित छन, यो काम पहिला हुनु पर्छ ।
बिद्युत प्राधिकरणमा कार्यरत कर्मचारीहरुले नै काम गर्नेक्रममा सुरक्षा सावधानी अपनाएको देखिदैन, पोलको टुप्पामा पुगेका प्राबिधिक कर्मचारीहरु त्यति कै काम गरिरहेका हुन्छन । यो बिषयको अनुगमन र सुपरीवेक्षण गर्ने जिम्मेवारी कसको हो । बेलाबेलामा इलेक्ट्रीकल सेफटीको कुरा गरिन्छ ती सामाग्रीको प्रयोग सधै गरिदैन । यसले गर्दा कर्मचारीहरु आफै पनि जोखिममा परि रहेका छन । सुरक्षाका सामाग्रीहरुको प्रयोग नगर्दा दुर्घटनामा परेर कति पयको ज्यान गएको छ भने कति अंग भंग भएर ओछ्यानमा पुगेका छन ।
त्यसैले बिद्युतीय सुरक्षामा खेलबाड नगरौं, जीवनको मुल्य बुझौं र बुझाऔं । बिद्युतीय सुरक्षाको नाममा जिल्ला सदरमुकाम र कार्यालयमा होइन, गाउँका कुना कुनामा पुगेर नागरिकलाई सचेत
गराऔ । सुचना र जानकारी मुलक प्रचार प्रसारका सामाग्रीहरु प्रकाशन तथा बितरण गर्ने कार्य नियमित गरौ । बिद्युतीय सुरक्षा दिवसको उपलक्षमा सबैलाई शुभकामना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार