भोजपुरमा ‘चौथो मुन्दुम ट्रेल रेस हुँदै, रेसका लगि पचास प्रतिशत तयारी पुरा

निरोज कोइराला

भोजपुर । सरकारले सूचीकृत गरेको एक सय पर्यटन गन्तब्य मध्ये भोजपुरको मुन्दुम पदमार्ग पनि एक हो । यही पद मार्गमा आगामी वैशाख १० गते ‘चौथो मुन्दुम ट्रेल रेस’ आयोजना हुने भएको छ ।

ट्रेल रेसको तयारी भइरहेको आयोजक रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीका अध्यक्ष पावीहाङ्ग राईले बताए । ५० प्रतिशत तयारी पुरा भएको उनले बताए ।

अध्यक्ष राईले कोभिड १९ सङ्क्रमणका कारण यसअघि ट्रेल सञ्चालन हुन नसकेको बताए । टेम्केमैयुङ गाउँपालिकाको सहयोगमा गरिने ट्रेलले मुन्दुम पदमार्गलाई चिनाउन मद्धत पुग्ने राईको भनाई छ ।

ट्रेलको चौथो संस्करणका रुपमा हुने प्रतियोगितामा दुई सयको सहभागिता रहने अनुमान छ । बिजेताले नगद ५० हजार, दोस्रो ४० हजार, तेस्रो ३० हजार, चौथोले २० हजार र पाँचौलाई १० हजार रूपैया पुरस्कार पाउनेछन् । ४० वर्ष माथिका सहभागी तर्फका शीर्ष ३ जनालाई १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिने छ ।

आयोजकका अनुसार ४५ किमी लामो दुरीको दौड भोजपुरको बागखोर ९२२०० मिटर० बाट सुरू भएर ३१०० मिटरको टेम्केडाम्डा हुँदै खोटाङ्गको तावाभञ्ज्याङ ९१८०० मिटर० मा पुगेर समापन हुनेछ ।

पछिल्लो समय विश्व चर्चित अल्ट्रा धाविका मिरा राईले भोजपुरको नाम विश्वमा चिनाउन सफल भएकी छन् । अल्ट्रा धाविका राईको सम्मानमा रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीले खेलाडीको सम्मान तथा प्रवद्र्धन गर्ने उद्देश्यले २०७४ सालदेखि भोजपुर देखि मैयुङ्ग सम्मको ‘भोजपुर मुन्दुम अल्ट्रा टे«ल रेस’ को सुरुवात गरेको हो ।

यस्ता प्रतियोगिताहरुमा विदेशी धावकहरुको चासो र सहभागिता अत्याधिक रहने भएको हुँदा यस्तो प्रतियोगिताले स्वदेशी तथा विदेशी पर्यटकसमेत जिल्लामा भित्रयाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाई छ ।

एकेडेमीले प्रथम मैयुङ्ग हाँस पोखरी २०७४ को अवसर पारेर दावाँली मिलन क्लबसँगको सहकार्यमा स्थानिय आयोजकको हैसियतमा २०७४ बैशाख १ गते पहिलो भोजपुर मैयूङ्ग स्काई दौड प्रतियोगिता गरेको थियो । यसैगरी राष्ट्रिय खेलकुद परिषद् र जिल्ला खेलकुद बिकास समितिको सहकार्यमा २०७५ जेठ २५ गते दोस्रो भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेस र टेम्केमैयुङ्ग गाउँपालिकासँगको सहकार्यमा २०७६ बैशाख १४ गते तेस्रो टेम्केमैयुङ्ग मुन्दुम ट्रेल रेस गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार