भोजपुरमा बजारमा आजबाट बजाजको एक्सचेन्ज तथा सर्भिस क्याम्प सुरु

भोजपुर । सर्वाधिक विक्री हुने गरेको बजाज मोटरसाइकलले पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकाममा चार दिने एक्सचेन्ज तथा सर्भिस क्याम्प आयोजना आजबाट हुने भएको छ ।

धरानस्थित अर्विन एन्ड ब्रदर्स अटोले वैशाख ६ देखि ९ सम्म एक्सचेन्ज तथा सर्भिस क्याम्प सञ्चालन गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

भोजपुरमा सञ्चालनमा रहेका करिब ६० प्रतिशत मोटरसाइकल बजाजका छन् । अर्विन एन्ड ब्रदर्श अटोका अरविन्द तामाङले भोजपुरको आधिकारिक विक्रेता बिकल एन्ड ब्रदर्स अटोको पहलमा हुन लागिरहेको क्याम्पमा ५० मोटसाइकल विक्रीको लक्ष्य राखिएको बताए । नयाँ वर्षको अवसरमा यो क्याम्प सञ्चालन हुन लागेको हो ।

क्याम्पमा ग्राहक वर्गले नगद खरिदमा एसएमएसको माध्यमबाट १० हजारदेखि १० लाख रुपैयाँसम्म नगद छुट साथै हेल्मेट र लेगार्ड पाउने छन् ।

५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदरमा १८ महिने सरल किस्ताबन्दीमा मोटरसाइकल खरिद गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । क्याम्पमा मोटरसाइकल सर्भिसको समेत सेवा दिने छ ।

अर्विन एन्ड ब्रदर्स अटोले भोजपुरका साथै सङ्खुवासभा र तेह्रथुमका लागिसमेत विक्रेता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार