भोजपुर नगरपालिका प्रम्खमा कांग्रेसका आले र उपप्रमुखमा एमालेकी शेर्पा विजयी

भोजपुर । भोजपुर नगरपालिकामा दोस्रो पटक मेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका कैलाश कुमार आले विजयी भएका छन् । आलेले उनका निकटत्तम प्रतिद्धन्दी नेकपा एमालेका भरत कुमार तामाङलाई ५ सय १५ मतले पछि पार्दै विजयी बनेका हुन। आलेले कुल ५ हजार ६ सय १५ ल्याउँदा तामाङले कुल ५ हजार एकसय मत प्राप्त गरे । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कैलाशकुमार आले पुनः दोश्रो कार्यकालका लागि चुनिएका हुन् । आलेले २०५४ सालको स्थानीय तहको चुनाबमा एमालेका गणेश श्रेष्ठलाई ३६ मतको मतान्तरले विजयी भएका थिए ।

त्यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी ममिता राईलाई ३ सय ६७ मतान्तरले हराउँदै नेकपा एमालेकी निर्मला शेर्पा निर्वाचित भएकी छन् । शेर्पाले कुल ५ हजार पाँचसय मत प्राप्त गर्दा राईले कुल ५ हजार एकसय ३३ मत ल्याईन् ।
१२ वडा रहेको भोजपुर नगरपालिकामा गठबन्धन दल नेपाली कांग्रेसले ८, नेकपा एमालेले ३ र गठबन्धन दल माओवादी केन्द्रले एउटा वडा जितेको छ । भोजपुर नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीविच गठबन्धन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार