टेम्केमैयुङ गाउँपालिकामा दुई दिने आखा शिविरबाट ४९ जनाको निःशुल्क शल्यक्रिया गरीयो

भोजपुुर । टेम्केमैयुङ गाउँपालिकामा दुई दिने आखा शिविरबाट ४९ जनाको निःशुल्क शल्यक्रिया गरिको छ । अन्नपूर्ण स्वास्थ्य चौकीमा भएको दुई दिने आखा शिविरमा ४९ जना आखाका रोगीको मोति बिन्दुको निःशुल्क शल्यक्रिया हो ।

बिराटनगर आखा अस्पताल रानीको प्राविधिक सहयोगमा भएको शिविरमा बिशेषज्ञ डाक्टरहरुबाट २३० जनाको आखाको उपचार गरिएको नेपाल नेत्र ज्योति संघ आखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख बिजय तामाङले बताए ।

गाउमै भएको शिविरबाट उपचार पाउदा आखाका रोगी खुसी भएका छन । यस्तै जेठ १५ र १६ गते भोजपुर नगरपालिका १२ पुरानो डबलीमा समेत आखा शिविर हुने भएको छ । शिविरमा मोति बिन्दुको निशुल्क शल्यक्रिया, आखा सम्बन्धी सम्पूर्ण रोगको जाच तथा उपचार, निशुल्क औषधी वितरण लगाएत सेवा दिईने प्रमुख तामाङले जानकारी दिए ।

टेम्केमैयुङ गाउपालिकाको व्यावस्थापन तथा नेपाल नेत्र ज्योति संघ आखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजनामा विहिबार र शुक्रबार भएको दुई दिने आखा शिविर भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार