टेम्केमैयुङ गाउँपालिकाले एक घर एक करेसाबारी कार्यक्रम अगाडी बढाउने

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले एक घर एक करेसाबारी कार्यक्रम अगाडी बढाउने भएको छ । भान्साका लागि आवश्यक बस्तु बाहिराबाट आयत गर्नु पर्ने बाध्यता हटाउन र पालिकाका जनतालाई रोजगारी बनाउन एक घर एक करेसाबारी कार्यक्रम संचालन गर्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

गाउँपालिकाले आयोजना गरेको गणतन्त्र दिवसको सुभकामना आदनप्रदान कार्यक्रममा यस्तो सार्वजानिक गरेका हुन । पालिकामा खाने तेल, लसुन, प्याज, टमटर र मसला जन्य बस्तुहरु पालिका भन्दा बाहिराबाट आयत गर्नु पर्ने बाध्यता रहेको बताउदै एक घर एक करेसाबारी कार्यक्रमले आत्मनिर्भ बनाउदै आयआर्जनको माध्यम सिर्जना गर्ने अध्यक्ष बस्नेतको भनाई छ ।

अवको आर्थिक क्रान्ती भनेको कृषिबाट मात्र सम्भव भएको बताउदै उनले पालिकालाई मुख्य आयआर्जनको माध्यम कृषि बनाउने समेत बताएका छन् ।

पलिकामा आईतवार भएको गणतन्त्र दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अजम्बर काङमाङ राईले कार्यक्रमलाई सम्बोधन गर्दै श्रीपेच लगाउने राजाले हैन थुप्रै टोपी लगाउने राजाहरुबाट गणतन्त्र खतरामा परेको बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य हेमन्त मुकारुङ, विभिन्न पार्टी प्रतिनीधि, वडा अध्यक्ष, शिक्षक, कर्मचारी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार