ट्राइबेकरमा भगवती स्पोट्स् क्लब खोटाङलाई हराउँदै गोर्खा वाईज रुपन्देही सेमिफाइनलमा प्रवेश

भोजपुर । भोजपुरमा भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगितामा ट्राइबेकरमा भगवती स्पोट्स क्लब खोटाङको टिमलाई ४ गोलका विरुद्ध ५ गोल गर्दै गोर्खा वाईज रुपन्देही विजयी भएको छ ।

ट्राइबेकरमा भगवती स्पोट्स क्लब खोटाङका जोनले पोल आउट हाने पछि त्यहि आउट गोल नै गोर्खा वाईज रुपन्देहीका लागि जित बन्यो । खोटाङकाअव्दुला, सवीन राई, एलेक्स र सरद राईले गोल गरे यता गोखा वाईज रुपन्देहीका निशान न्यौपाने, विकास थुलुङ, सन्तोष ताम्पी, र फोफानाले गोल गरेका थिए ।

भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रबारदेखि जारी जिल्लाकै प्रतिष्ठित गोल्डकप प्रतियोगितामा दुवैतर्फबाट गोल हुन नसके पछि ट्राइबेकरमा खेलाइएको खेलमा भगवती स्पोट्स क्लबलाई हराउँदै गोर्खा वाईज रुपन्देही सेमिफाइनल प्रवेश गरेको छ ।

चैत्र १६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ आयोजकले जनाएको छ । भोली भने क्यामरुण र बशाहा युथ क्लब उदयपुर विच प्रतिश्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार