नेपालले अमेरिकालाई ६ विकेटले हरायो

काठमाडौँ । भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो । २०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो ।

नेपालका लागि भीम सार्कीले अविजित रहँदै सर्वाधिक ७७ रन बनाए । ११४ बल सामना गरेका उनले ७ चौका र १ छक्काको सहयोगमा उक्त योगफल तयार पारेका हुन् । दीपेन्द्रसिंह ऐरीले पनि अविजित रहँदै ३९ रन बनाए । ३२ बलमा ५ चौका र १ छक्कासहित उनले यो योगफल तयार पारेका हुन् । त्यस्तै ओपनर कुशल भुर्तेलले ३९ रन बनाए ।

अमेरिकाका लागि सौरभ नेत्रवाल्कर, नोस्तुस केन्जिगे, निसर्ग पटेल र स्टिभन टेलरले १र१ विकेट लिए । यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो । अमेरिकाका लागि सायन जाँहागिरले अविजित १०० रन बनाए । त्यस्तै सुशान्त मोदानीले ४२ रन बनाउँदा गजानन्द सिंहले २६ रनको योगदान गरे । नेपालका लागि करण केसीले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । उनले ५ ओभरमा १५ रनमात्र खर्चे । त्यस्तै गुल्शन झाले १० ओभरमा ५२ रन खर्चेर कुल ३ विकेट लिए ।
कुशल भुर्तेलको ९९ रनमा नेपालले २ सय ९० रन बनाए पनि पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार