उज्यालो प्रेस मार्फत उज्यालो यात्रा प्रारम्भ

उज्यालो शब्दका अनेक अर्थ होलान्। उज्यालो आफैंमा सकारात्मक शब्द हो। हामी सबै काम उज्यालोकै सहायतामा गर्न सक्छौं । अर्थात उज्यालो विना हाम्रो जीवन अधुरो मात्रै होइन अपूर्ण हुन पुग्छ ।
हो, यही ‘उज्यालो’ शब्दलाई टपक्क टिपेर हामीले नयाँ सुरुवात गरेका छौं। हाम्रो नयाँ पाइलाको सुरुवात हुँदैछ, ‘उज्यालो प्रेस डटकम’ मार्फत। उज्यालो आफैंमा महत्वपूर्ण अर्थ बोकेको शब्द हो । त्यसमा प्रेस थपिनुले अझ यसको महत्व र अर्थ वृहत हुन पुग्छ ।
२१ औं शताव्दी विज्ञान र प्रविधिको युग हो। पत्रकारिताको लामो इतिहासमा यसका अनेकौं आयम छन्। पत्रकारिताको शैली र माध्यम दुवैमा ठूलो परिवर्तन आइसकेको छ । यसको पछिल्लो आयम अनलाइन पत्रकारिता हो। न्यू मिडियाको बढ्दो प्रयोग र यसको प्रभावकारिताका विषयमा जो कोही जानकार छ ।
कुनै विषयको उठान गर्न र त्यसको टुंगोमा पुर्याउन न्यू मिडिया नै पर्याप्त छ। यस्तो अवस्थामा पुरानो शैलीको पत्रकारिता र पुरानै माध्यमको प्रयोग उति प्रभावकारी हुँदैन । सोही कारण उज्यालो प्रेस मार्फत हामी वृहत र जिम्मवापूर्ण पत्रकारिता गर्ने प्रयासमा छन् ।
हामी सत्यलाई तोडमोड गर्ने छैनौं। विकृति, अन्याय र अनियमिततालाई खोतल्ने र त्यस विरुद्ध आगो ओकल्ने हाम्रो धर्म हुनेछ । तर, यसो भन्दैमा हामी निर्दोषलाई दोषी करार गर्ने र दोषीलाई निर्दोष करार गर्ने बाटो तर्फ कदापी जाँदैनौं ।
पत्रकार र पत्रकारिता समाजप्रति सँधै जिम्मेवार र जवाफदेही हुनुपर्छ । पत्रकार समाज, देश र कानून भन्दा कदापी माथि हुन सक्दैन र होइन पनि। त्यसैले हाम्रो पत्रकारिता कानूनको परिधिमा रहेर समाज र देशप्रति वफदारपूर्ण हुनेछ ।
राजनीतिले निराशा जगाएका बेला हाम्रै समाजमा थुप्रै यस्ता घटना, काम र सूचना छन् । जसले आशाको दियो जगाउन सक्छन् । हाम्रो प्राथमिकता यस्ता विषयवस्तुलाई खोतल्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नेमा समेत हुनेछ । पत्रकारिता आफैंमा निराशा बाँड्ने माध्यम होइन। बरु यसले अनियमितता र वेथेति विरुद्ध जुधेर सकारात्मक सूचनाका माध्यमबाट जनतालाई सूचुचित र जागरुक गराउनुपर्छ ।
हामी पत्रकारिताका मूल्यमान्यता, देशको कानून, नियम र संविधानले प्रदत्त गरेका अधिकारका सन्र्दभामा चुक्दैनौं तर समाज, देश, जनता र राजनीतिका नाममा मनपरितन्त्र मच्चाउनेसँग झुक्दैनौं पनि ।
सकारात्मक र रचानात्मक काम गर्नेहरुसँग हामी सँधैसँगै रहनेछौं। तर, आवरणमा एउटा र गर्भमा अर्कै उद्देश्य लिएर हिडेकाहरु हामी विरोधी हुनेछौं । यसले नै हजारौं अनलाइनको भीडमा पाठक समक्ष हाम्रो बेग्लै पहिचान स्थापित गर्नेछ । हामी अनलाइन सार्वजनिक नभइ नै पाठकसामु धेरै योजना र प्रतिवद्धता सार्वजनिक गरेर झठा बाचा गर्दैनौं । बरु हामीले गर्ने मेहनत, हामीले प्रकाशन गर्ने सामाग्री र हाम्रो व्यवसायिकताका माध्यमबाट पाठकलाई सन्तुष्ट बनाउने प्रयास गर्नेछौं ।
हामीसँग पाठकका अपेक्षा बढ्दै जाँदा हामी थप परिस्किृतरुपमा आउने नै छौं। पाठक पत्रकारिता कर्म गर्नेहरुका भगवान हुन् । पाठक विना न पत्रकारिताको अर्थ हुन्छ, न पत्रकारको भूमिका नै । हामी पाठकलाई निराश पार्ने काम कदापी गर्ने छौं। अझ हाम्रो व्यवसायिक पत्रकारिताको सारथी बन्न आव्हान गर्दछौं । उज्यालो प्रेस सबै पाठक वर्गमा सूचना, विज्ञापन र प्रतिक्रियाको अपेक्षा गर्दछ । यसो भन्दै गर्दा प्रश्न उठ्न सक्छ– विज्ञापनको कुरा सुरुवात मै ! हो, विज्ञापन विना व्यवसायिक पत्रकारिता हुन सक्दैन । हामी कसैसँग व्यसयाकिता मारेर वार्गेनिङ गर्दैनौं। बरु व्यसायिकतामा आधारित रहेर व्यवसायिक सम्झौता गर्छौ । जसले हाम्रो पत्रकारिताको धर्म पनि मर्दैन र विज्ञापनदाताले पनि नितान्त आफ्नो प्रचार गर्न पाउनेछौं । यसमा कुनै गोप्य र अपरादर्शी सम्झौता हुँदैनन्। र, सबै पाठकले विज्ञापन दिनुपर्छ र दिन सक्छन् भन्ने पनि हुँदैन ।
अन्त्यमा, अध्याँरो कोठमा समचारका माध्यमबाट उज्यालो छर्नु र उज्योलाई फैलाएर समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रण गर्न चाहान्छौं। माया, हौसला र सुझाव सहित धन्यवाद !
अर्जुन बस्नेत
प्रकाशक÷सम्पादक
उज्यालोप्रेस डटकम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार