काँकडभिट्टाबाट भोजपुर जादै गरेको बस धनकुटामा पल्टियो, २३ जना घाइते

भोजपुर । झापाको काकडभिट्टाबाट भोजपुर आउदै गरेको प्र–१०१–००१ ख ३४२९ नं को बस आज पाख्रिबास नगरपालिका–५ को पञ्चेमा सडकमै पल्टिएको छ । बसमा सवार २३ जना घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको र बाँकी १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते हुनेहरु कसैको पनि पहिचान खुलेको छैन। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइँदै गरेको धनकुटा प्रहरी प्रमुख एसपी नहकुल पोख्रेलले जानकारी दिए।
बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ। बसका सहचालक घाइते अवस्थामा भेटिएको र बसचालक प्रहरी सम्पर्कमा रहेको प्रहरीले जनाएको छ। बसमा जम्मा ३५ यात्रु सवार रहेको बताइएको छ।
दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि पाख्रिबास स्वास्थ्य केन्द्र, हिले र धनकुटा अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका नायब निरिक्षक सुरेन्द्र खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार