चुनावका लागि ५० अर्ब बजेट माग

काठमाडौँ । आगामी चुनावका लागि बजेट व्यवस्थापन गर्न चुनौतीपूर्ण हुने अर्थ मन्त्रालयले जनाएको छ । बिहीबार अर्थ मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले चुनावको खर्च व्यवस्थापनका लागि स्रोत खोज्न समस्या हुने बताए।

ुचुनावका लागि ५० अर्बको माग आइरहेको छ । तर हामीले बजेटमा १० अर्ब बराबर मात्रै राखेका छौुं, अर्थमन्त्री शर्माले भने । सरकारले अगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तह चुनाव गराउने निर्णय गरेको छ । आसन्न स्थानीय चुनावमा करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । निर्वाचन सुरक्षामा सेना, प्रहरी र सशस्त्र प्रहरी बलका अलावा ठूलो संख्यामा म्यादी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । उनीहरूका लागि तलबभत्तामा मात्रै ५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार