भोजपुरमा २५ दिने आधारभूत नेपाली सांकेतीक भाषाको तालिम उद्घाटन

भोजपुर । भोजपुरमा २५ दिने आधारभूत नेपाली कांकेतीक भाषाको तालिम उद्घाटन भएकमो छ । भोजपुर नगरपालिकाको आर्थिक सहयो तथा भोजपुर वहिरा संघ भोजपुरको अयोजनामा हुने २५ दिने आधारभूत नेपाली सांकेतीक भाषाको तालिम भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले उद्घाटन गरेका हुन् ।
सरकारी तथा गैर सरकारी संस्थाहरुमा जादा संचारमा समस्या आउने आउने र सहजै सेवा सुबिधा लिन नसक्ने भएका कारण तालिम आवश्यक रहेको भोजपुर बहिरा संघ भोजपुरका अध्यक्ष सीताराम ओझाले बताए । बहिरा व्यक्ति कुनै कार्यालय तथा अन्य ठाउँमा केहि माग्दा पनि नबुझेर नकारात्मक सोच्छन् त्यसैले यो २५ दिने तालिमले सहज हुने ओझाको भनाई छ । भोजपुरलाई संचार मैत्रीपूर्ण बनाउने प्रयास अनुसार तालिमले सहयोग पुग्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार