भोजपुरमा एक सय २८ जना आँखाका शल्यक्रिया संगै ६ सय ६५ जनाको आखाको चेकजाच गरियो

भोजपुुर । भोजपुरमा १ सय २८ जना आँखाका रोगीको मोति बिन्दुको नि शुुल्क शल्यक्रिया गरिएको छ । भोजपुरको टेम्केमैयुुङ गाउपालिकाको केन्द्र अन्नपुण र भोजपुुर नगरपालिका १२ टक्सार स्थित पुुरानो डबलीमा गरिएको शिविरबाट १ सय २८ जनाको मोति बिन्दुको शल्यक्रिया गरिएको हो ।

विराटनगर आखा अस्पताल र सि.बि.एम अदको प्राविधिक सहयोगमा जेष्ठ १२ र १३ गते टेम्के मैयुुङ गाउपालिकाको केन्द्र अन्नपुर्णमा र जेष्ठ १५ र १६ गते भोजपुरको पुरानो डवलीमा भएको थियो ।

टेम्केमैयुुङ गाउपालिकाको केन्द्र अन्नपुर्णबाट शिविरमा बिशेषज्ञ डाक्टरहरुबाट दुई सय ३० जनाको आखाको उपचार पाएका थिए भने भोजपुरको परानो डवलीमा ४ सय ३५ जनाको आखाको जाच तथा उपचार पाएका थिए ।

दुवै स्थानमा गरिएको शिविरबाट ६ सय ६५ जनाको आखाको चेकजाच तथा चस्मा र औषधि समेत वितरण गरिएको आखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुुख बिजय तामाङले जानकारी दिए

सामान्य आखाको उपचारका लागि जिल्ला वाहिरा जानु पर्ने बाध्यता भएको कारण भोजपुरमा नै शिविरको आयोजना गरेर सेवा प्रवाह गरेको नेपाल नेत्र ज्योति संघ भोजपुुरका संस्थापक सभापती तेज मोक्ताानले बताए ।

भोजपुरमा आखाका शल्यक्रिया गराएका विरामीहरु आफ्नौ ठाउमा उपचार पाउँदा पैसा र समय बचेको भन्दै हर्सीत भएका छन् । उनीहरुले आखाको चेक जाच तथा शल्यक्रिया वेला वेलामा आयोजना गर्न समेत आग्रह गरेका छन् ।

शिविरमा मोति बिन्दुुको निशुुल्क शल्यक्रिया आखा सम्बन्धी सम्पुुणर् रोगको जाच तथा उपचार, निशुुल्क औषधी वितरण लगाएत सेवा उपलब्ध गराईएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार