पाँचौ अन्र्तराष्ट्रिय मेयर भोजपुर गोल्डकप चैत १ देखि सुरु हुने

भोजपुर । पाँचौ अन्र्तराष्ट्रिय मेयर भोजपुर गोल्डकप चैत १ देखि सुरु हुने भएको छ । मोफसलकै सर्वाधिक ठुलो धनराशीको पाँचौ मेयर अन्र्तराष्ट्रिय भोजपुर गोल्डकपमा ख्यातीप्राप्त राष्ट्रिय फुटबल क्लब र अन्य मुख्य ८ टिमको सहभागिता रहने पत्रकार सम्मेलन मार्फत आयोजकले बताएको छ ।
२०७० सालदेखि विभिन्न प्राविधिक र आर्थिक समस्याका कारण रोकिएको प्रतियोगिता गतसाल आयोजना गरिएको थियो । नकआउट चरणबाट खेलाईने प्रतियोगितामा बसाहा क्लब उदयपुर, राष्ट्रिय जागृति क्लब सुनसरी, सताशीधाम स्पोर्टि क्लब झापा, अमुक्त परिवार वेष्ट बंगाल भारत, सगरमाथा युथ एशोसियसन मोरङ, गोर्खा ब्वाईज रुपन्देही, भगवती स्पोर्टस् क्लब खोटाङ र आयोजक भोजपुर फुटबल टिम गरी ८ टिम सहभागी हुनेछन् ।
खेलकुद प्रबद्र्धन गर्न र नयाँ खेलाडी उत्पादन गरेर जिल्लामा खेल पर्यटनलाई टेवा पु¥याउँदै उदयमान नयाँ खेलाडीको उत्पादन गर्ने मुख्य लक्ष्यले गोल्डकप प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले बताए । साथै खेलकुद आयोजनाबाट बाह्य पर्यटन आगमनमा बृद्धि गर्ने र आन्तरिक रुपमा समेत आर्थिक टेवा पु¥याउने उद्देश्य समेत रहेको उनले बताए ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा नगरपालिकाको २५ लाख, चौधरी ग्रुपको एक लाख, राष्ट्रिय वाणिज्य बैंकको एक लाख र अन्य प्रायोजनबाट आर्थिक संकलन गरी अनुमानित कुल ३० लाख २७ हजार ५५ रुपैयाँ लागत अनुमान गरिएको संघका महासचिव सफल किँरातले जानकारी दिए । प्रतियोगितमा सहभागी टिम र खेलाडीको आउनेजाने, खानेबस्नेको प्रबन्ध समेत मिलाईएको उनले बताए । चैत १ गतेदेखि चैत ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेता नगद ५ लाख र ट्रफी र दोश्रो हुने टिमले नगद ३ लाख प्राप्त गर्ने आयोजक जिल्ला फुटबल संघ भोजपुरले जनाएको छ ।
पाँचौ मेयर अन्र्तराष्ट्रिय भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सम्बन्धि आयोजित पत्रकार सम्मेलन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार