भोजपुर जारी गोल्डकपको क्वाटर फाईनल खेलमा सुनसरीसंग खोटाङ पराजित

भोजपुर । भोजपुर सदरमुकाममा जारी पाचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकपको क्वाटर फाईनल खेलमा भगवती स्पोटस् क्लब खोटाङलाई १ का विरुद्ध २ गोल गर्दै राष्ट्रिय जागृति क्लब सुनसरी सेमी फाईलनमा प्रवेश गरेको छ । भोजपुरको स्थानीय टुँडिखेलमा भएको आज भएको खेलमा जागृति क्लब सुनसरीका खेलाडी मार्टीनले खेलको ३० औ मिनेटमा गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए । एक गोल खाएसंगै खल आक्रमक बन्दै गए पछि भगवती स्पोटस् क्लब खोटाङका खेलाडी शरद राईले खेलको ३६ औ मिनेटमा जवाफी गोल फर्काएका थिए । खेल बरावरीको अवस्था भए पछि खेल अझ आक्रमक बनेको थियो । खेलको ६६ औ मिनेटमा राष्ट्रिय जागृति क्लब सुनसरीका कब्बु राईले गोल गर्दै आफ्नो टिमलाई विजयी गरका हुन ।
३० लाख २७ हजार ५५ रुपैयाँको लागतमा चैत्र १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अमुक्ता परिवार, वेस्ट बङ्गाल भारत, भोजपुर फुटबल क्लब, सगरमाथा युथ क्लब मोरङ, राष्ट्रिय जागृती क्लब सुनसरी, भगवती स्पोर्ट्स क्लब खोटाङ, बसाहा क्लब उदयपुर, सतासीधाम स्पोर्टिङ क्लब झापा र गोर्खा ब्वाइज रुपन्देहीको सहभागिता रहेको छ ।
प्रतियोगिता सञ्चालनका लागि मुख्य प्रायोजक भोजपुर नगरपालिकाले २५ लाख, सहप्रायोजक चौधरी ग्रुपको एक लाख र राष्ट्रिय वाणिज्य बैङ्कको एक लाख सहयोग रहने छ । प्रतियोगिताको विजेताले नगद पाँच लाख, उपविजेताले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।
क्वाटार फाईनलको खेलमा हिजो भोजपुर फुटबल क्लवसंग सगरमाथा युथ क्लब मोरङ र आज राष्ट्रिय जागृति क्लब सुनसरीसंग भगवती स्पोटस् क्लब खोटाङ पराजित हुदै खेलबाट नकाउट भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार