भोजपुरमा पाँचौ मेयर व्याडमिन्टन प्रतियोता आजाबाट सुरु

भोजपुर । भोजपुरमा आजबाट पाँचौ मेयर व्याडमिन्टन प्रतियोता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ आजबाट भोजपुरको कवर्डहलमा पाँचौ मेयर व्याडमिन्टन प्रतियोता सुरु भएको हो ।

भोजपुर नगरपालिकाको प्रायोजन तथा भोजपुर व्यडमिन्टन संघको आयोजनामा पुरुष डबल खुल्लामा १८ टिम, पुरुष सिंगलमा १४ टिम, महिला सिंगलमा ८ टिम, पूष डवल ४० वर्ष माथीका ८ टिम, १५ बर्ष मुनि केटा ८ टिम र १५ बर्ष मुनि केटि ८ टिम सहभागी बनेका छन् ।

प्रतियोगीतामा मेन्स डबल ४०+ मा प्रथम हुने टिमले नगत रु ३० हाजार दोस्रो हुनेले २० हजार र चौथो र पाचौँले ८/८ हजार प्राप्त गर्ने छन् ।

यसै गरी मेन्स डबलमा प्रथम हुने टिमले नगत रु ३० हाजार दोस्रो हुनेले २० हजार र तेस्रो र चौथोले ८/८ हजार, एकल पुरुषमा प्रथम हुनेले १५ हजार, दोस्रो १० हजार तेस्रो र चौथोले ५/५ हजार, एकल महिलामा प्रथम हुनेले १० हजार दोस्रोले ५ हजार र तेस्रो र चौथोले २ हजार ५ सय प्रप्त गर्ने छन् ।

१५ वर्ष मुनीका प्रथम हुने पुरुषले ५ हजार दोस्रो ३ हजार तेस्रो र चौथोले १ हजार ५ सय र १५ वर्ष मुनीका प्रथम हुने महिलाले ५ हजार दोस्रो ३ हजार तेस्रो र चौथोले १ हजार ५ सय प्राप्त गर्ने भोजपुर व्याडमिन्टन संघका उपाध्यक्ष बेनुप खत्रीले जानकारी दिए ।

उक्त प्रतियोगितालाई भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले उद्घाटन गरेका हुन् । प्रतियोगिता १९ गते सम्म संचालन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार